Powered by Blogger.
दोलखाका कृषकलाई कृषि विकास कार्यालय र पशुसेवा कार्यालय नै बाधक

दोलखा, १ पौष ।

नेपाल कृषि प्रधान देश हो । कृषिका नाममा सरकारी तथा गैरसरकारी तथा निकायबाट निकै लगानी भएको छ । जति नै लगानी भए पनि आवश्यक खाद्य सामग्री भने विदेशबाट आयात गर्नु पर्ने टड्कारो बाध्यता छ । खाद्य सामाग्रीका साथै मासुमा समेत विदेशको भर पर्नु पर्ने बाध्यता छ । 

सरकारले कृषिमा जति नै राम्रो काम गर्छु भनेपनि कृषिपेशामा आवद्व रहेका कृषकलाई भने कुनै पनि वास्ता गरेको छैन् । यसको ज्वलन्त उदाहरण हो, दोलखा जिल्ला पवटी गाविस, ६ का राम प्रसाद शिवाकोटी । शिवकोटीले पवटीमा एकीकृत समर्पण कृषि तथा पशु उत्पादन फर्म सञ्चालनमा ल्याएका छन् । 

गत १२ वैशाखमा आएको भूकम्पले फर्मका लागि निर्माण गरेको भवनमा पुर्ण क्षति पुग्यो । ११ लाख रुपैयाँमा निर्माण भएको १०÷१७ को भवन ध्वस्त भएपछि उनले सुरु गरेको कृषिको काम अन्योलनमा परेको छ ।
सो फर्ममार्फत शिवाकोटीले घाँस पालन गर्ने, पशुपालन गर्ने योजना बनाएका थिए तर भूकम्पले निर्मीत भवन ध्वस्त भएपछि हुन सकेन् । व्यवसायीक रुपमा काम गर्ने योजना बनाए पनि हालसम्म कुनैपनि निकायले सहयोग नगरेको उनको गुनासो छ । बारीको कान्लामा लगाउने सिटोरीया घाँस, जौ घाँस लगाउने योजनामा थिए शिवाकोटी । 

दैनिक १५ सय भन्दा बढी युवा रोजगारीका लागि विदेशीने गरेको समयमा स्वदेशमा नै केही गर्न सकिन्छ भनेर लागेका शिवाकोटीले पशुपालन गर्ने अन्तिम तयारीमा जुटका थिए, भूकम्पले धोका दियो, राज्य बाधक बनीरहेको छ । भूकम्पले घर ध्वस्त भएपछि पशुपालनको काम रोकिएको छ । उनले पहिलो चरणमा पाँच वटा लैनो भैँसी, ५० वटा बाख्रा पाल्ने तयारीमा जुटेका थिए । 

‘वैशाख ९ गते भवन निर्माणको काम सकिएको थियो, १२ वैशाखको भूकम्पले ध्यस्त बनायो’, शिवाकोटीले भने, ‘११ लाख रुपैयाँमा निर्माण भएको घर सरकारले १० लाख ९० हजार रुपैयाँ मुल्याङकन गरेको थियो । घरको पुन निर्माण गर्न सरोकारवाला निकायमा जति नै धाएपनि सहयोग पाईएन ।’ आफुले घर निर्माणका लागि जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय दोलखालाई जानकारी गराएको कुनै वास्ता नगरेको उनको गुनासो छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.