Powered by Blogger.
वैदेशिक रोजगारीको नाममा साढे १४ करोडको ठगी



काठमाडौँ, १ पौष ।

वैदेशिक रोजगारीका नाममा ठगी मौलाउँदै गएको छ । साउनदेखि कात्तिकसम्मको अवधिमा पाँच सय ७८ उजुरी वैदेशिक रोजगार विभागमा दर्ता भएका छन् । उजुरीमा १४ करोड ५० लाख ५३ हजार दुई सय ५५ रुपैयाँ बिगो दाबी गरेको छ । विभागमा परेको दाबी रकममा दुई करोड ९० लाख ९५ हजार ३४ रुपैयाँ पीडितलाई बिगो भराएको छ ।

विभागमा परेको उजुरीमध्ये ८४ उजुरी अदातलमा मुद्वा दायर भएको छ । अदालतमा दायर भएको मुद्वामा १६ करोड ९२ लाख २२ हजार ६ सय २० रुपैयाँ बिगो दाबी गरेको छ । विभागमा परेको उजुरीमध्ये तीन उजुरी विभागबाटै फरफारक भएको छ । विभागले गरेको फरफारकबाट पीडितलाई तीन लाख रुपैयाँ बिगो भराएको छ ।

वैदेशिक रोजगारीको ठगीमा परेका पाँच सय ७८ उजुरीमध्ये चार सय ५२ संस्थागत र एक सय २६ व्यक्तिगत ठगी छन् । संस्थागत उजुरीमा म्यानपावर व्यवसायीले कामदारलाई विदेशमा पठाउछु भनेर समयमा नै नपठाउने, राहदानी होल्ड गर्ने, विदेशमा कामदर गएपछि भनेको सेवा, सुविधा, तलब नपाउने, व्यवसायीले सरकारले तोकेको सिलिङ भन्दा बढी शुल्क लिने उजुरी पर्ने गरेको छ ।

यस्तै, व्यक्तिगततर्फ व्यक्तिगत प्रायोजनका लागि आर्थिक लेनदेन गर्ने र कागज वैदेशिक रोजगारीको बनाएर विभागमा उजुरी आउने गरेको विभागका प्रवक्ता जनकराज रेग्मीले बताए । व्यक्तिगत उजुरीमा कन्सल्टेन्सीले विदेशमा अध्ययनका लागि पठाउने, ढुकुटी, घरजग्गा कारोबारी, व्यक्तिगत लेनदेनलाई पनि वैदेशिक रोजगारीको कागज बनाएर विभागमा उजुरी आउने गरेको अधिकारीको भनाइ छ ।

विभागमा परेको संस्थागत उजुरी अधिकांश विभागबाटै फरफारक हुने गरेका छन् भने व्यक्तिगत उजुरी वैदेशिक रोजगार न्यायाधीकरण हुँदै अदालत जाने गरेका छन् । विभागमा चार महिनाको अवधिमा परेका चार सय ५२ संस्थागत उजुरीमा सात करोड ३१ लाख ८७ हजार ५५ रुपैयाँ बिगो दाबी गरिएको छ । दाबी विरोधमध्ये एक करोड ३७ लाख ९५ हजार ३४ रुपैयाँ बिगो भराएको छ । विभागमा परेका संस्थागत उजुरीमा दुई उजुरी अदालतमा मुद्वा दायर भएको छ ।

यस्तै, यस अवधिमा व्यक्तिगततर्फ एकसय २६ उजुरी परेको छ । सात करोड १८ लाख ६६ हजार दुई सय रुपैयाँ बिगो दाबी गरिएको छ । विभागमा परेको व्यक्तिगत उजुरीमा दाबी बिगोमध्ये विभागले २१ उजुरीको फरफारक गर्दै पीडितलाई एक करोड ३५ लाख क्षतिपूर्ति दिलाएको छ । अदालतमा दायर ८२ उजुरीको १६ करोड ९२ लाख २२ हजार ६ सय २० रुपैयाँ बिगो दाबी गरिएको छ । विभागमा पर्ने संस्थागत ९म्यानपावर०का उजुरी संख्या धेरै रकम थोरै हुने गरेको छ भने व्यक्तिगततर्फ उजुरी थोरै रकम बढी हुने गरेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.