Powered by Blogger.
नेपालमा आयुर्वेदिक औषधिको खानी छःउपप्रम मैनाली

काठमाडौँ, १ पुष । 

उपप्रधानमन्त्री सिपी मैनालीले क्यान्सर रोग रोकथामका लागि जनता आफै सचेत हुनु पर्ने बताए । नेपालमा आयुर्वेदिक औषधिको खानी नै रहेको भन्दै यसको समुचित प्रयोग गर्न सबैलाई आग्रह समेत गरे ।

नेपाल अर्बुद्व रोग निवारण संस्थाको २३ औँ साधारण सभामा मन्त्री मैनालीले सो आग्रह गरेका हुन् । नेपाल जडिबुटीको देश भएको भन्दै यसको समुचीत प्रयोगमा सबैको ध्यान जानुपर्ने उनको धारणा छ । फरक प्रसङ्गमा मन्त्री मैनालीले गाँउमा गरिबको खाना सिस्नो भनिन्छ, सिस्नो गरिबको खाना मात्र होईन, यो क्यान्सरको औषधि पनि हो ।

कार्यक्रममा भूमिसुधार राज्य मन्त्री विक्रम बहादुर थापाले भक्तपुर क्यान्सर अस्पताललाई सरकारले दिनुपर्ने अनुदान रोकेको प्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा अनुदान नरोकिन उद्घोष गरे । सो अस्पतालमा राजनीतिक दलका नेताहरुको लगानी नभएका कारण अनुदान रोकिएको हुन सक्ने शंकेत गर्दै तत्काल यो समस्या समाधान गर्ने उनको भनाई छ ।

अनुदान दिन आफुले सक्दो सहयोग गर्ने घोषणा समेत गरेका छन् । केही अस्पतालमा उपकरणको अभाव रहेको भन्दै आवश्यक उपकरण खरिदका लागि सरकारसँग पहल गर्ने धारणा राखे । कार्यक्रममा संस्थाका अध्यक्ष अजय सिंह सुवालले संस्थाले क्यान्सर रोग रोकथामका लागि काम गर्दै आएको बताए ।

क्यान्सर रोगका लागि आम नागरिक सचेत हुनुपर्ने भन्दै यसकालागि सहयोग गर्न संस्थाले कुनै पनि कसुर बाँकी नराख्ने धारणा राखे । संस्थाले क्यान्सर रोगीलाई निशुल्क औषधि वितरण गर्नुका साथै निशुल्क स्वास्थ्य क्याम्प पनि पर्दै आएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.