Powered by Blogger.
इन्धन कालोबजारी गर्ने कालिन्चोक आयल स्टोरमा सिलबन्दी

दोलखा, १ पुस । 

दोलखाको काभ्रे गाविस स्थित मैनापोखरी बजारमा रहेको कालिन्चोक आयल स्टोरले इन्धन कालोबजारी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ ।

स्टोरले स्थानीय प्रसाशनको आँखा छलेर ८६ रुपैयाँ ५० पैसा प्रतिलिटर पर्ने डिजेललाई एक सय २० रुपैयाँ देखि एक सय ५० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको पाइएपछि सिलबन्दी गरिएको बताईएको छ ।

आयल स्टोरका सञ्चालक शिवप्रसाद लामिछानेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले जानकारी दिए । ‘छ हजार लिटर डिजेल चर्को मूल्य असुलेर बिक्री गरेको जानकारीमा आएको छ, अनुसन्धान गर्दैछौँ’ उनले भने ।

सो परिमाणको डिजेल उक्त आयल स्टोरले गत आइतबार थानकोटबाट मैनापोखरी ल्याई बिक्री गर्दैगरेको थियो ।
स्रोत नेप्लिज डट ओआरजी

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.