Powered by Blogger.
नेतृत्व र विद्यार्थीलाई प्रविधिसँग जोडेने पुलको काम गर्ने छु



मदन खडका सचिवको उम्मेदवार 


 तपाईको राजनीतिक यात्रा कहिले देखि सुरु भयो ?

मैले राजनीतिक यात्रा दोलखा जिल्ला शहरे गाविसको जनजागृती निमावि सुरु गरे र म प्राकको अध्यक्ष हुँदै गुम्बेश्वर मावीको अध्यक्ष पनि बने । अध्ययन र राजनीतिलाईसँगै अघि बढाउँदै मैले २०६० सालमा अनेरास्ववियु दोलखा जिल्ला कमिटी सदस्य भएको हुँ । इन्जनीयरिङ अध्ययन गर्न काठमाडौँ आए । पुन एडभान्स इन्जनीयरिङ क्याम्पस कमिटिबाट राजनीतिक यात्रा सुरु गरे । 

म क्याम्पस कमिटिको सचिव हुँदै अध्यक्ष समेत बने । सिटिईभिटीमा पनि संगठन विस्तार गर्नु पर्छ भन्ने सोच बन्यो । सिटिईभिटीमा इन्जिनीयरिङ शंकायको केन्द्रिय अध्यक्ष बने । अनेरास्ववियु जनकपुर महाधिवेशबाट केन्द्रिय कमिटि सदस्यमा निर्वाचत भए । २०६७ सालमा निर्वाचित भएको म अर्को महाधिवेशमा सचिवालयको टिकट पाएको थिए । निर्वाचनमा थोरै मतले पराजीत भए । म पराजित भएपनि संगठनले मलाई आवश्यक ठानेर मलाई पुनः मनोनित गर्यो ।
२२ औँ महाधिवेशनको तयारी कस्तो भइरहेको छ ?

भव्यरुपले तयारी भईरहेको छ । निर्धारित समयमा सम्मेलन हुन नसकेका कारण आम विद्यार्थीले यसलाई हेर्ने दृष्टिकोणमा केही फरक आएको छ । पछिल्लो समयमा सरकारी कलेज खाली भइरहेका छन् । यो किन भयो भन्ने विषयमा चिन्तन गर्नु आवश्यक छ । त्यसका लागि गृहकार्य भइरहेको छ । 

पछिल्लो समयमा पार्टीका वरिष्ठ नेताको पछि लाग्नेले पद पाउने, पहुँचमा पुग्ने गरेको देखिन्छ । यसले गर्दा इमान्दारपुर्वक काम गर्ने कार्यकर्ताको मनोबल खस्कदै छ भन्छन नी ?

तपाईको भनेको कुरामा सत्यता छ । समग्र राजनीतिमा भइरहेको पनि यस्तै हो । जसले संगठनमा इमान्दार रुपमा काम गर्छ त्यस्ता मान्छेलाई स्थापीत हुन दिनुपर्छ । तपाईले भनेको जस्तो कामको अन्त्य हुनुपर्छ । आन्दोलनले बोकेका मुद्वालाई अघि बढाउन समस्या सृजना भएको छ । इमान्दार कार्यकर्ता जो आफ्नो लक्ष्यमा पुग्न खोजेका छन् त्यसलाई असर गरेको छ । पार्टी नेतृत्वले पनि आफ्नो राम्रो भन्दा पनि राम्रो लाई आफ्नो भन्न सिक्नु पर्छ भन्ने लाग्छ ।

यो समस्या तत्काल समाधान गर्न सकिएला त ? आगामी  महाधिवेशनले यो क्रम भंग गर्न कुनै ठोस प्रस्ताव ल्याउला ?

हामीले केही समयअघि विधान सम्मेलन गर्यौ । हामी अनेरास्ववियुलाई विद्यार्थीहरुको संगठनको रुपमा विस्तार गर्न चाहन्छौ ।  जो अध्ययनका लागि सधै विद्यालय, विश्व विद्यालय जान्छ उ मात्र संगठनमा रहनु पर्छ भन्ने हाम्रो मान्यता हो । यस्तै अर्को महत्वपुर्ण विषय भनेको उमेर हो । छोरो विद्यालयमा जान्छ, बाउ विद्यार्थीको राजनीति गरिरहेको हुन्छ । यो परिस्थतीको अन्त्य हुनुपर्छ । यो मुद्वामा बहस भइरहेको छ । अखिल आचरणको कुरा अर्को विषय हो । आचरणको विषयमा विभिन्न कुरा उठने गरेका छन् । यो विषयमा निकै ध्यान दिएर लागेका छौ । 

तपाईहरु उमेरको कुरा गर्नु हुन्छ, वर्षौै देखि क्याम्पसमा एकै खालक विद्यार्थी नेताहरुमात्र किन देखिएको होला ? उनीहरु क्याम्पस ढुकेर बसेको देखिन्छ नी ?

यस्तै मनोविज्ञान भएका विद्यार्थीका कारण हामीले उमेरको हक तोक्नु पर्छ भनेको हौं । यसको उपयुक्त उमेर भनेको २८ वर्ष हो । अनेरास्ववियुमा उमेरको हकबन्दी कार्यान्वयन गरिनु पर्छ । यो कम भएकाले ३०÷३२ वर्ष पुर्याउने भन्ने विषयमा पनि अध्ययन भइरहेको छ । यसका लागि त्रिविले मापदण्ड बनाएको छ । मापदण्ड प्रभावकारी रुपमा पालना गरीयो भने ढोका कुर्ने परिपाटीको अन्त्य हुन्छ । 

२०६५ सालदेखि स्ववियूको निर्वाचन हुन सकेको छैन, राजनीति गर्नेको असक्षमता हो, या पार्टीको स्वार्थले हो वा आफुले नजित्ने भएर हो ?

केहीलाई हामीले जित्छौ वा जित्दैनौ, आफुले टिकट पाईएला वा नपाईएला भन्ने पनि चिन्ता रहेको छ । कसैलाई आफैले नेतृत्व गरिरहँदा जिताउन सकिएला वा नसकिएला भन्ने पनि चिन्ता थियो र छ । जसका कारण विद्यार्थीको मुद्वा ओझेलमा परेको छ । स्थापीत गर्न नदिनेहरुको चलखेलका कारण समस्या भएको हो । स्ववियु निर्वाचन नहुनुको कारण पनि यहि हो । हामी नेतृत्वमा आंयौ भने नयाँ परिवेशमा स्ववियुको नयाँ समावेशी संरचना सहितको निर्वाचन गराउन पहल गर्नेछौं । 

आगामी अधिवेशनमा तपाईको उम्मेदवारी के मा ?

मेरो यो दोस्रो कार्यकाल हो । म टेक्नीकल क्षेत्रको विद्यार्थी हो । मैले सचिवको रुपमा तयारी गरिरहेको छु । 

सचिव जित्ने आधार चाँही के कु हुन् ?

जसले फरक ढंगले सोच्दछन् त्यस्ता प्राविधिकहरु संगठनमा हुनु पर्छ । अबको विद्यार्थी राजनीतिमा दक्ष जनशक्ति र प्रविधिलाई जोडनु पर्छ । त्यसै मान्यता अनुरुपसंगठनको केन्द्रिय नेतृत्वमा दक्ष जनशक्ति सहितको प्रविधिमा पनि ज्ञान नेताको आवश्यकता छ । प्राविधिकको प्रतिनिधित्व म गर्ने छु ।  

अनेरास्ववियुलाई अगाडी बढाउने के छ योजना ?

शिक्षा, उमेर, आचरणका कुरा नभएको र भएपनि कार्यान्यवन नभएका कारण समस्या बढेको छ । यो समस्या समाधान गर्न लाग्ने छु ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.