Powered by Blogger.
नाम्दुबासी खानेपानी माग गर्दै जिप्रकामा

दोलखा, १५ पुस ।

 खानेपानीको माग गर्दै नाम्दु गाविसका स्थानीय बासिन्दा जिल्ला प्रशासन कार्यालय (जिप्रका)दोलखा आइपुगेका छन् । करिब ६० परिवार खाली जर्किन सहित पानी माग्दै जिप्रका आइपुगेका हुन् ।

विगत दुई महिनादेखि पानीका लागि दुई घण्टाको बाटो हिँड्नु परेको गुनासोसहित उनीहरुले प्रशासन कार्यालय घेराउ गरेका हुन् । दोलखाको दक्षिणी गाविस नाम्दु–३ का स्थानीय बासिन्दा एक महिनाअघि प्रशासनमा खानेपानीको माग गर्दै दिएको निवेदनमाथि सुनुवाई नभएर प्रजिअ गुहार्न चरिकोट आइपुगेका हुन् ।

विसं २०२४ सालदेखि काब्रे गाविसबाट खानेपानी ल्याएर पानी खाँदै गरेकामा जग्गाधनी रविचन्द्र ढुङ्गेलले पानी बन्द गरिदिएपछि आफूहरु समस्यामा परेको स्थानीयवासी रामशरण नेपालीले बताए ।

खानेपानी नभएपछि करिब ६६ घरधुरी प्रभावित भएको अर्का स्थानीयवासी रीताकुमारी भुजेलले जानकारी दिए । यता, जिप्रका दोलखाले सम्बन्धित पक्षसँग छलफल गरी समाधान खोज्ने बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.