Powered by Blogger.
दोलखामा फेलापर्योे खाने तेलको विकल्प !


दोलखा, २८ मंसिर ।

नाकाबन्दीका कारण उपभोग्य सामाग्री अभाव हुँदै गएपछि जडिबुटीमा काम गर्ने श्यामाका जगतनारायण खत्रीलाई खाने तेलको विकल्प खोज्ने जुक्ती फुर्‍यो । उनले जंगलमा सर्वत्र पाइने खोल्मेका गेडाहरु ल्याए । त्यसलाई भुटे । त्यसपछि ढिकीमा कुटे । मिलमा लगेर पेले र खाने तेलको रुपमा प्रयोग गर्न थाले ।

परम्परागत कोलबाट पनि तेल नकिाल्न सकिएको ३२ बर्षिय जगत नारायणको भनाई छ । गाउँका अरुले पनि बजारमा अभाव हुँदै गएको खाने तेलको साटो जंगलमा खेर गैरहेको खोल्मेको गेडालाई रोज्न लागेका छन् । करिब डेढसय वस्ती रहेको श्यामा ६ का अधिकाशं घरले यहीँ तेल प्रयोग गर्न थालेको जगत नारायणले बताए ।

करिब २५ सय मिटर उचाईंदेखि माथी पाइने खोल्मेको गेडा कात्तिक, मंसीर र पुससम्म पाइन्छ । खोल्मेको बोटबाट बर्षेनी आफै झरेर जाने गेडा श्यामाको जंगलमा मात्र लाखौ केजी हुने जगतनारायण बताउँछन् । भुईमा त्रिपाल ओछ्याएर हल्लाउदा १५ देखि २० केजी गेडा एकैपटक झर्ने र त्यसबाट कम्तीमा ४ लिटर खाने तेल निस्किने उनले बताए । यस्तो कार्य जिल्लाको उत्तरी विगुका वासिन्दाले पनि गर्न थालेको शम्भू मगरले बताए ।

तोरीको तेल भन्दा शुद्ध र स्वस्थ्यकर लाग्ने भएकाले पुर्खादेखि नै यो तेल प्रयोग गर्दै आएको उनको भनाई छ ।बजारमा सजिलै पाइने भएकाले खोल्मेको तेलको प्रयोग नभएको उनको भनाई छ । चिल्लो पदार्थ कम हुने कारणले स्वस्थ्यकर देखिएको प्रयोगकर्ताहरु बताउँछन् ।

एक सिजनमा जंगलबाट करोडौ लिटर खाने तेल निकाल्न सकिने देखेर जगतनारायण श्रेष्ठ हौसिएका छन् । गाउँमा नेपाल अर्गानिक जडिबुटी उत्पादन तथा प्रशोधन फर्म सञ्चालन गरी बसेका उनले यसको स्तर जाँचको आवश्यकता देखेका छन् । भुईमा झरेपपछि कुहिएर जाने, भालुले खाने गेडाबाट तेल उत्पादन गर्न सके वाहिरबाट तेल आयत घटाउन सकिने उनको भनाई छ ।

मासु, साग र अन्य तरकारी पकाएर खादा निकै स्वादिलो लागेकोले गाउँमा यसको प्रयोग बढ्दै गएको छ । यसको अनुसन्धान हुन सके सजिलै तेलको आवश्यकता टर्ने उनको भनाई छ । गेडाको सम्पूर्ण भागबाट तेल निस्कने हुँदा झन्झट उत्पादनमा पनि झन्झट कम हुने प्रयोगकर्ताहरु बताउँछन् ।
स्रोत रेडियो कान्तिपुर

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.