Powered by Blogger.
यी हुन् दोलखाका शान भीमेश्वर, कालिन्चोक, जिरी, शैलुङ्ग र गौरीशंकर (फोटो फिचर)


दोलखा, २७ मंसिर ।

भीमेश्वर, कालिन्चोक, जिरी, शैलुङ्ग र गौरीशंकर दोलखा जिल्लाको आकर्षणका केन्द्र विन्दु हुन् । दोलखामा भीमेश्वर मन्दिर छ । भीमसेन मूर्तिलाई रुद्री पूजा गर्दा रुद्र, बलिपूजा गर्दा भगवती र मध्यान्नमा पूजा गर्दा विष्णु मानिन्छ । जे सम्झेर पूजा गर्यो त्यही बर पाईन्छ भन्ने मान्यता छ ।

भीमसेन नेवारका इष्ट देवता हुन् । भीमेश्वर हातामा कुमारी घर, त्रिपुरा सुन्दरी, तलेजु भवानी, महादेव मन्दिर र चैत्य छन् । दोलखाका राजा जयइन्द्रसिंह देवेल शासनकाल (विसं १५९१ देखि १६०५ सम्म) मा चाँदीको सिक्का प्रचलनमा ल्याएका थिए । दोलखाको नेवार बस्ती काठमाडौंभन्दा पुरानो भएको मानिन्छ । नेवार तिब्बतबाट दोलखा हुँदै काठमाडौं पसेको उनको विज्ञहरुको भनाई छ । यहाँका बस्तीमा नेवार, थामी, तामाङ, क्षेत्री तथा ब्रामण आदि बस्छन् ।

साढे चार किलोमिटर यता चरिकोट बजार छ । जुन दोलखा जिल्लाको सदरमुकाम हो । चरिकोटबाट गौरीशंकर हिमालको दृश्यावलोक सहजै गर्न सकिन्छ । चरिकोटको माथि कालिञ्चोकबाट दर्जनौं हिमाल देख्न सकिन्छ । चरिकोटबाट कालिञ्चोक पुग्न १७ किमि सडक यात्रा तय गर्नु पर्छ, जुन उक्कालो छ । तीन हजार ७०० मिटर मा भगवतीको मन्दिर छ ।

जहाँ भगवती माता बिराजमान छिन् । माताको दर्शन गर्न दिनिक मानिसको भिड लाग्ने गर्दछ । यो आन्तरिक तथा धार्मिक पर्यटकको आकर्षकको केन्द्र  पनि हो । यहाँ धार्मिक तथा पर्वतीय पर्यटकको आवगमन हुने गर्दछ । हिन्दु र बौद्धमार्गीको साझा तीर्थ स्थल हो कालिञ्चोक । चरिकोटबाट कालिन्चोक जाने पाँच घन्टा पदयात्रा गर्नुपर्छ । पछिल्लो समयमा जिपमा पनि जान सकिन्छ । कालिञ्चोक बेसक्याम्प कुरीमा होटलहरु छन् । कुरीबाट पौने देखि एक घन्टामा मन्दिर पुगिन्छ ।

स्वदेशी तथा विदेशीको मन मस्तिस्कमा रहेको अर्को गन्तव्य हो जिरी । चरिकोटबाट ५५ किलोमिटरको दुरीमा छ । जिरीलाई नेपालको स्विटजरल्यान्ड पनि भनिन्छ । जिरीमा जिरेश्वर महादेव, गुम्बा रहेका छन् । साथमा चिया बगान पनि । बजारमाथिको च्योर्दोङ चीज कारखाना छ, जहाँ चीज उत्पादन हुन्छ । स्वीस सरकारको सहयोगमा यो कारखाना २०३१ मा खुलेको हो । जिरी सगरमाथाको प्रवेशद्वार पनि हो । एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा यहि बाटो हुँदै सगरमाथा चढ्न गएको बताईन्छ । लुक्लामा विमानस्थल बनेपछि सगरमाथा चढनेका लागि सहज गन्तव्य पनि बनेको छ ।

अर्को गन्तव्य हो, शैलुङ्ग । शैलुङ्ग चरिकोटबाट १८ किलोमिटर दक्षिणमा अवस्थित छ । यो ठाँउ हिन्दु बौद्व धर्मावलम्बीहरुको धार्मिक गन्तव्य स्थल हो । जहाँ महादेवको मन्दिर छ । १२ वर्षमा एक पटक मेला लाग्ने गर्दछ । प्राकृतिक सुन्दरलाको छटा नै हो । यहाँबाट दोलखा, चरिकोट, कालिन्चोकका साथै विभिन्न दर्जन हिमालको दृश्यपान गर्न सकिन्छ । यो तीन हजार पाँच सय मिटरको उचाईमा रहेको छ । पर्यटकको अर्को आकर्षक गन्तव्य पनि हो ।










0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.