Powered by Blogger.
कालिञ्चोक एफएमले नवौँ वार्षिक उत्सवमा स्वास्थ्य शिविर गर्ने

दोलखा २१ कात्तिक ।

दोलखाको पहिलो सामुदायिक रेडियो कालिञ्चोक एफएमले आफ्नो स्थापनाको नवौ वार्षिक उत्सव  दोलखाको भिमेश्वर नगरपालिका, ५ जिलुमा मनाउने भएको छ ।

 बार्षिक उत्सवमा ग्रामीण क्षेत्रमा आयोजना गर्न लागेको रेडियोले यस वर्षपनि निरन्तरता दिइएको रेडियोका स्टेसन म्यानेजर जीवन लामाले जानकारी दिए । शनिवार आयोजना हुने वार्षिक उत्सव कार्यक्रम सँगै रेडियोले ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर समेत आयोजना गरेको छ ।

बार्षिक उत्सव समारोहमा विभिन्न सास्कृतिक कार्यक्रम गरिनेछ साथै रेडियोले हरेक वर्ष प्रकाशन गर्दै आएको स्मारिक कालिञ्चोक खबरकोे सार्वजनिक गरिने छ । बार्षिक उत्सवको अवसर पारेर रेडियोले २ जना उत्कृष्ट किसानलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ, साथै उत्कृष्ट स्रोता र विज्ञापन दाताहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।

एफएमले हरेक वर्ष एक जना उत्कृष्ट कर्मचारीलाई प्रदान गर्ने कालिञ्चोक स्मार्ट अवार्ड यस वर्ष पनि वितरण गरिने कार्यक्रम तय भएको छ । कार्यक्रमलाई  सामुदायिक अध्ययन केन्द्र जिलु, साना किसान कृषि सहकारी जिलु, टहलेश्वर संरक्षण गुठी जिलु, सर्व मावि जिलु, र इन्द्र डेन्टल क्लिनिक जिलुले सहयोग गरेका छन् । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.