Powered by Blogger.
लामीडाडा र लापीलाङमामा सचेतनामुलक कार्यक्रम हुने


दोलखा, २१ कात्तिक । 

शक्ति समुह नेपाल दोलखाले जिल्लाको लामीडाडा र लापीलाङ गाविसमा विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मानव बेचबिखन विरुद्ध अभियानले प्रभावित र जोखिममा परेका महिला तथा बालबालिकाहरुको अधिकारलाई सुनिश्चित गर्ने उद्धेश्यका साथ कार्यक्रम सञ्चालन गर्ने भएको हो । यसअघि जिल्लाको सुनखानी, सुन्द्रावती, सुस्पा क्षमावती, नाम्दु, बोच, र लाकुरीडाडा गाविसमा सचेतनामुलक कार्यक्रम संचालन गर्न लागेको हो । 

कार्यक्रम मार्फत ३ सय ३५ जना महिला तथा बालबालिका जोखिम तथा सहयोग पहिचान गरिएको शक्ति समुह नेपाल दोलखाका जिल्ला सयोंजक सरोज कुमार कार्कीले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.