Powered by Blogger.
सामुदायिक वनको साधारण सभा सम्पन्न

दोलखा, २१ कात्तिक ।

 दोलखाको लाकुरीडाडा गाविसमा रहेको नात्केयानमारा सामुदायिक वन उपभोक्ता समुहको १९ औ साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले दिल बहादुर कार्कीको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति चयन गरेको छ । समुहको उपाध्यक्षमा लिला बहादुर श्रेष्ठ, सचिवमा अस्मिता तामाङ, सहसचिवमा नाङसाल तामाङ र कोषाध्यक्षमा मिठु तामाङ लगाएत अन्य सदस्य चयन भएका छन् ।

कार्यक्रममा समुहकी निर्वतमान अध्यक्ष लक्ष्मी कार्कीले ३ लाख ७४ हजार  ६ सय बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरीन । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासघं नेपाल जिल्ला महासघं दोलखाका प्रतिनिधि ज्ञान बहादुर लामा, ढाणेसिंहदेवि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बौधसिहं तामाङ लगाएतले मन्तब्य ब्यक्त गरे  ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.