Powered by Blogger.
चाडपर्वमा आपराधिक क्रियाकलाप न्युनिकरण गर्ने


दोलखा, २० कात्तिक ।

नजिकिदै गरेको तिहार तथा छठ पर्वको समयमा हुन सक्ने अपराधिक क्रियाकलाप न्युनिकरण गर्न सरोकारवाला निकायबिच छलफल भएको छ ।

सो विषयमा दोलखाको उत्तरी बजार सिगटीमा छलफल भएको हो । छलफलमा इलाका प्रहरी कार्यलय सिगटी र लैङिगक हिंसा नियन्त्रण सञ्जाल खारेबीच छलफल भएको हो ।

 छलफलमा सञ्जालका अध्यक्ष उद्धव विकले विगतको कमीकमजोरीलाई सुधार्दै प्रहरीेसँग सहकार्य गरी स्थानीय स्तरमा हुने घटनालाइ न्युनिकरण गर्न पहल गर्ने बताए ।

इलाका प्रहरी कार्यलय सिगटीका इन्चार्ज जीवन तामाङले तिहार तथा छठको पर्वको समयमा हुन सक्ने घटना तथा अपराध नियन्त्रण गर्न सवै लाग्नुपर्ने बताए । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको उपस्थिति थियो ।

निरासी थामी

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.