Powered by Blogger.
चुनौतीका बीच श्रम मन्त्री मानवी, के होला ‘फ्रि भिषा’, ‘फ्रि टिकट’ ?


काठमाडौँ,२० कात्तिक ।

नेकपा (एमाले)को कोटाबाट शान्ता मानवी श्रम तथा रोजगार मन्त्री भएकी छिन् । अन्य मन्त्रालयको तुलनामा यो मन्त्रालयका काम गर्न निकै चुनौती रहेको भन्दै उनको कार्यकालका विषयमा अहिले देखि नै चर्चा सुरु भएको छ ।

तत्कालीन श्रम तथा रोजगार राज्य मन्त्री टेक बहादुर गुरुङले उठनै नसक्ने गरी थला राखेर हिडेको यो मन्त्रालय सामान्य रुपमा सञ्चालन गर्न निकै चुनौती रहेको व्यवसायीहरुको भनाई छ । देख्दा सामान्य लाग्ने तर इज्जतको बेवास्ता गर्दै आम्दानी तर्फ मात्र ध्यान दिने हो भने मालदार मन्त्रालयमा गएर आफ्नो स्वार्थमा रहेर काम गर्ने कि नेपाली जनताको हितमा काम गर्ने भन्ने विषयले समस्या सृजना गर्ने देखिन्छ ।

म्यानपावर व्यवसायी समेत रहेको तत्कालीन राज्य मन्त्री गुरुङले भिएलएन, बायोमेष्ट्रिक लगाउने भन्दै सस्तो लोकप्रीयतामा मनग्य आम्दानी गरे । उनले बायोमेष्ट्रिक लागाउने भन्दै पाँच करोड लिएको व्यवसायीहरुको आरोप छ । यस्तै भिएलएन लागु गर्ने निर्णय गराउन झण्डै पाँच करोड रुपैयाँ राज्य मन्त्री गुरुङले लिएको भन्दै तत्कालीन समयमा निकै चर्चा भएको थियो ।

यस्तै रोजगारीका लागि विदेश जाने कामदारको स्वास्थ्य परिक्षण गर्न बायोमेष्ट्रिक प्रणाली लागु गर्ने भन्दै राज्य मन्त्री गुरुङले पाँच करोड रुपैयाँ लिएको स्थास्थ्य व्यवसायीहरुको आरोप छ । उनले बायोमेष्ट्रिक लगाएर पैसा लिन बंगलादेखी नागरिक अमिनसँग मिलेर नेपालमा फ्रि भिषा, फ्रि टिकट लागु गर्ने बाहनामा राम्रै आम्दानी गरेको स्रोतको दावी छ ।

सुन्दा निकै राम्रो फ्रि भिषा, फ्रि टिकटको निर्णय असार २१ गते देखि लागु हुने गरि २९ जेठमा निर्णय भयो । फ्रि भिषा, फ्रि टिकट लागु गर्न मलेसिया सहित ६ वटा खाडी देशमा अध्ययन गर्ने र आएको रिपोर्टका आधारमा अगाडी बढने निर्णय भएको थियो । तीन महिनामा अध्ययन रिपोर्ट सार्वजनिक गर्ने भने पनि सरकारले मलेसियामा मात्रै अध्ययन गरेको छ । बाँकी खाडी देशमा अध्ययनका लागि गएको छैन ।

तीन महिनामा पुरा गर्नु पर्ने काम खाडी देशमा अध्ययन समेत नहुँदा फ्रि भिषा, फ्रि टिकट कार्यान्वयन हुने वा नहुनेमा अन्योलता देखिएको छ । फ्रि भिषा, फ्रि टिकट लागु गर्ने निर्णय मन्त्रीपरिषदको निर्णय भएका कारण नयाँ मन्त्री आफ्नो निर्णय क्षमता अनुसार चल्न सक्ने छन् । फ्रि भिषा, फ्रि टिकटलाई बाध्यकारी बनाएर लागु गर्न सकेको खण्डमा प्रभावकारी हुने व्यवसायीहरुको भनाई छ ।

कामदार लिने कम्पनीले लागत शुल्क दिएको खण्डमा फ्रि भिषा, फ्रि टिकटमा कामदार पठाउन म्यानपावर व्यवसायी तयार व्यवसायीहरुको भनाई छ । यस्तै मन्त्री मानवीले सो मन्त्रालयमा रहेर तत्कालै गर्नु पर्ने निकै काम रहेका छन् । जसमा श्रम सम्झौता, रोजगारीका लागि विदेश जाने कामदारलाई कसरी सुरक्षित व्यवस्थित र मर्यादित बनाउने भन्ने विषय निकै चुनौती पुर्ण रहेको छ ।

यस्तै राज्य मन्त्री गुरुङले अपुष्ट रुपमा लागु गरेको फ्रि भिषा, फ्रि टिकटको निर्णयलाई बाध्यकारी बनाउने, भिएलएन, बायोमेष्ट्रिकलाई व्यवहारीक बनाउने लगायतका समस्या रहेका छन् । यी समस्या समाधान गर्नु अहिलेको चुनौती हो । यस्तै २०६४ सालको संसोधन भएको वैदेशिक रोजगार एने समय सापेक्ष बनाउनु पर्ने छ । यसका लागि विगत लभगभग दुई वर्षदेखी निरन्तर काम भए पनि संसोधन हुन सकेको छैन ।

तत्काल ऐन संसोधन गर्नु पर्ने आवश्यक रहेको छ । त्यस्तै हालसम्म कतार र दक्षिण कोरियासँग मात्र श्रम सम्झौता भएको छ बाँकी सरकारले नै खुल्ला गरेको एक सय ८ वटा देशमा श्रम सम्झौता हुन सकेको छैन् । तत्काल श्रम सम्झौता गर्नु पर्ने आवश्यक छ । जसले गर्दा कामदारले कुनै पनि समस्या भोग्नु पर्ने छैन । यो काम गर्न मन्त्री फ्रि मानवीको पहल कदमी कस्तो रहने भन्ने हेर्नै बाँकी छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.