Powered by Blogger.
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीको पद तथा गोपनीयताको शपथ



काठमाडौँ, १९ कात्तिक ।

 राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधानमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री एवम् महिला तथा बालबालिकामन्त्री चन्द्रप्रकाश मैनाली र अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई सहकारी तथा गरिबी निवारण मन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाईन ।

यस्तै अर्थमन्त्री विष्णु पौडेल, सूचना तथा प्रविधिमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र शान्ता मानवीले बिना विभागीय मन्त्रीको पद तथा गोपनीयताको शपथ लिए ।
त्यसैगरी सत्य नारायण मण्डललाई युवा तथा खेलकुद, रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसङ्ख्या, विश्वेन्द्र पासवानलाई विज्ञान तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मण्डल, चौधरी र पासवान यसअघि नै मन्त्रीमा नियुक्त भए पनि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिना विभागीय ती मन्त्रीहरुको जिम्मेवारी समेत तोकेका हुन । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधीश गिरिशचन्द्र लाल उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेता, सांसदहरुको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.