Powered by Blogger.
जुनोटिकबाट बच्च चिकित्सकको सुझाव, दोलखामा वधशाला नहुँदा संक्रमण्को चिन्ता


दोलखा, १९ कात्तिक । 

पशुबाट उत्पन्न हुने जुनोटिक रोग र त्यसले सृजना गर्ने समस्याका बारेमा सदरमुकाम चरिकोटमा छलफल भएको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटका डा. कृष्ण प्रसाद देसेमरुले जुनोटिक रोग सरुवा रोग भएकाले ढाड भएका पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्न सक्ने बताए ।

 यो रोग प्राय जसो धेरै पशुहरु हुने स्थान वा त्यस वरपर हुने गर्दछ । कार्यक्रममा जिल्ला पशु सेवा कार्यलय दोलखाका प्रमुख डा. तेज बहादुर रिजालले जुनोटिक रोग रोगी पशुपंक्षी वा रोगी पशुपंक्षी जन्य पदार्थको सेवनबाट उपभोक्तालाई लाग्ने जानकारी गराए । वधको काम गर्ने मानिस, घरपालुवा जनावर, कुकुर, विरालो पाल्ने कृषक, मासु प्रशोधन केन्द्रमा काम गर्ने मानिस, मासु निरीक्षक र पशु चिकित्सकहरु यो रोगको बढी जोखिममा हुने उनको भनाई छ । 

 नेपालमा पाइने महत्पवुर्ण जुनोटिक रोगहरुमा रेविज, खोरेत, रानीखेत लगाएतका रोगहरुको बारेमा पनि उहाले जानकारी गराए ।  रोगबाट बच्नका लागी विशेष गरी पशु ब्यवसायीहरुले सरसफाइमा ध्यान दिने, वधशालाको उचित ब्यवस्थापन गर्ने, मासु राम्ररी पकाएर खाने, दुध उमालेर मात्रै खाने, मासु निरीक्षण गरेर खाने गर्नाले पनि यो रोगबाट बच्च सकिने उनले बताए ।

संसारमा मानिसमा लाग्ने रोगहरुमध्ये करिव तीन सय रोग जनावरबाट मानिसमा सर्ने गरेको कार्यक्रममा जानकारी गराइयो । कार्यक्रममा पशु सेवा कार्यलय दोलखाका पशु विकास अधिकृत डा. नवरत्न प्रधानले मासुबाट मानिसमा सर्ने रोगहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागीले दोलखामा वधशाला ब्यवस्थित नभएकाले विभिन्न रोगहरुले सक्रमण फैलने गरेको बताए । साथै उनीहरुले मासु ब्यवसयाीहरुलाई सरसफाइ, ब्यवस्थापनको तरिका र लाग्ने रोगहरुका बारेमा पनि जानकारी गराउन आग्रह गरेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.