Powered by Blogger.
भूकम्प पीडित दोलखाबासी भन्छन,‘१५ हजार नै छैन थप १० हजारको के आश’

 दोलखा, १२ मंसिर ।

दोलखा घ्याङसुकाठोकर ८ का ७२ वर्षिय पदमबहादर तामाङलाई आजभोली भूकम्प पीडितका लागि पाउँने कुनै पनि सरकारी राहतप्रति आशै छैन । भूकम्पले क्षति पुर्याए लगत्तै सञ्चार माध्यममार्फत सरकारका विभिन्न राहत प्याकेजको बारेमा सुनेका तामाङले अहिले सम्म कुनै पनि राहत नपाएपछि उनलाई विश्वास लाग्नै छाडेको हो ।

भूकम्पपछि सरकारले घोषणा गरेको वर्षात्मा टहरा बनाउन दिने भनेको १५ हजार पदमबहादुर मात्र होइन उनको सिंगो गाउँमै पुगेको छैन । भूकम्प गएको ८ महिना वितिसक्दा समेत सरकारले दिने भनेको राहत त परैजाओस नियमित पाउँदै आएको सामाजिक सुरक्षाभत्ता समेत नपाएको उनको गुनासो छ ।

घ्याङ ६ काकृष्णबहादुर खड्कालाई पनि सरकारी राहतप्रति कुनै विश्वास नै लागेको छैन । ‘सरकारले राहत स्वरुपदिने १५ हजार र घर बनाउन २ लाख अनुदान र १५ लाखसम्म ऋण दिने घोषणा रेडियो मार्फत जेठमै सुनको थिएँ’ उनले भने ‘हाम्रो गाउँमा त कुनै पनि आएको छैन, अहिलेसम्म यो राहत कहाँ गयो रु” भुूम्पपीडितलाई सरकारी राहत त केही अघिल्लो आर्थिक वर्षको अन्तिम चौमासिक देखिको सामाजिक सुरक्षाभत्ता समेत अहिलेसम्म उनीहरुले पाउँन सकेका छैनन् ।

सरकारले केहीदिन अघि जारी गरेको श्वयतपत्रमार्फत भूकम्पपीडितहरुका लागि न्यानो कपडा वापत १० हजार तत्काल दिने घोषणा गरेको छ । तर यहाँका भूकम्पपीडितलाई झन आक्रोश थपेको छ । सरकारी घोषणा अहिलेसम्म गाउँमा कार्यान्वयन नभएपछि कपडाका रुपमा पाउने १० हजार रुपैयाँको आस समेत नभएको स्थानीयहरु बताउँछन् ।

दोलखाकोे घ्याङसुकाठोकर मात्र होइन अधिकाँश गाविसका भूकम्पपीडितहरुले सरकारी राहतवापतको १५ हजार अहिलेसम्म पाउन सकेका छैनन् । ताम्चेतदुधपोखरी र घ्याङसुकाठोकर गाविसमा त अहिलेसम्म रकम वितरण नै हुन सकेको छैन । सुन्द्रावतीमा ४ ५ वटा वडा पूरै वितरण गर्न बाँकी छ । २ दर्जनभन्दा बढी गाविसहरुमा १ देखि ३ वटा वडामा रकम बाँड्नै बाँकी छ ।

दोलखाको ४८ गाविस र २ नगरपालिकामध्ये सबैमाजिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत असार अन्तिम सातामा नै खातामा पैसा हालिदिएको प्रमुखजिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । सुन्द्रावती, ताम्चेत र सुस्पाक्षमावी गाविसले माग गरेको रकममध्ये केही रकम बाँकी भएपनि अरु सबैमा मागे जति रकम गाविसहरुले लगेको जानकारी दिए ।

जिल्ला दैवी उद्धार समितिले ७४ हजार ९ सय ९८ भूकम्पपीडित परिवारका लागि १ अर्ब १२ करोड ४९ लाख ७५ हजार निकासा गरिसकेको छ । गाविसहरुले रकमलिएर पनि समयमा वितरण नगरेकोमा जिल्ला विकास समितिलाई तत्काल वितरण गर्न आफूले निर्देश नदिएको प्रजिअ लामिछानेले बताए । जिविसले गाविस सचिवहरुका व्यवस्थापन गर्न नसक्दा पनि अहिलेसम्म पीडितले रकमपाउन नसकेको उनले बताए ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले सरकारले घोषणा गरे अनुसारको न्यानो कपडाका लागि १० हजार पनि परिचयपत्रका आधारमा तत्काल वितरण गर्ने निर्णय गरेको छ ।
कारोबार दैनिकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.