Powered by Blogger.
चार महिनामा एक लाख ३६ हजार युवा विदेशिए, कात्तिकमा ४६.६३ प्रतिशतले घटे

काठमाडौँ, १२ मंसिर ।

रोजगारीका लागि विदेश जाने कामदारको सख्या ४६.६३ प्रतिशतले घटेको छ । रोजगारीका लागि कात्तिकमा २३ हजार ६१ जना विदेशिएका छन् । आर्थिक वर्ष २०७१÷०७२ को कात्तिकमा ४३ हजार दुई सय १३ युवा रोजगारीका लागि विदेशीएका थिए । अघिल्लो कात्तिकको तुलनामा गत कात्तिकमा २० हजार एक सय ५२ ले घटेको छ । 

चालु आर्थिक वर्षको चार महिनामा एक लाख ३६ हजार पाँच सय ७६ युवा विदेशिएका छन् । विदेशिएका कामदार मध्ये चार महिनामा सबै भन्दा थोरै कात्तिकमा विदेशिएको वैदेशिक रोजगार विभागको तथ्याङकमा उल्लेख छ । चार महिनाको अवधिलाई हेर्दा साउनमा ३७ हजार सात सय ५६, भदौमा ४० हजार दुई सय ७५, असोजमा ३५ हजार चार सय ८४ र कात्तिकमा २३ हजार ६१ जना विदेशिएका छन् ।

 कात्तिक महिनामा विदेशिएका २३ हजार ६१ मध्ये पुरुष २१ हजार ६ सय २६ र महिला एक हजार चार सय ३५ रहेका छन् । रोजगारीका लागि कात्तिक महिनामा संस्थागत (मेनपावर)तर्फ १९ हजार ९ सय १६ मध्ये १८ हजार नौ सय ८८ पुरुष र नौ सय २८ महिला रहेका छन् । यस्तै व्यक्तिगत तर्फ तीन हजार एक सय ४५ रहेका छन् । जसमा दुई हजार तीन सय ३७ वैधानिकरण र नयाँ आठ सय आठ रहेका छन् । नयाँ आठ सय आठ मध्ये पुरुष सात सय १० र महिला ९८ रहेका छन् । 

कात्तिक महिनामा विदेशिएका मध्ये कतारमा सात हजार नौ सय ८०, साउदी अरबमा पाँच हजार सात सय ६२, संयुक्त अरब इमिरेट्स (यूएई) तीन हजार ७४, मलेसिया तीन हजार ५६, कुवेत पाँच सय १२ रहेका छन् । पछिल्लो चार महिना यता मलेसियामा जाने कामदारुको सख्या निरन्तर घटदै गएको छ । श्रम तथा रोजगार मन्त्रालयले असार २१ गते देखि लागु हुने गरि ‘फ्रि भिषा’, ‘फ्रि टिकट’मा मात्र कामदार पठाउने निर्णय गरे सँगै मलेसियामा जाने कामदारको सख्या घटदै गएको छ । 

मलेसियामा बढी अदक्ष, अर्ध दक्ष कामदार जाने गरेका थिए । मलेसियाबाट पछिल्लो समयमा ‘फ्रि भिषा’, ‘फ्रि टिकट’को माग आउन कमी आएका कारण मलेसिया जाने क्रम घटेको मेनपावर व्यवसायीहरु बताँउछन् । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.