Powered by Blogger.
दोलखाका सहकारीमा बेथिती

दोलखा, १५ मंसिर ।

दोलखा र रामेछापका कतिपय सहकारीले कार्यक्षेत्र बाहिरका ब्यक्तिहरुलाई सदस्य बनाई कारोबार गरेको भएपनि लेखा परिक्षकले कार्यक्षेत्र बाहिर कारोबार नगरेको पाइएको छ । स्थलगत अनुगमन तथा लेखापरिक्षण प्रतिवेदन अध्ययनको क्रममा यस्तो भेटिएको हो । 

यसैगरी कतिपय सहकारी सस्थाको विनियममा उल्लेख भएको विभिन्न नामका कोषहरुका लागी छुट्याएको प्रतिशत र सोही सस्थाको लेखापरिक्षण प्रतिवेदनमा विनियोजन गरेको कोषको वाडफाट पनि नमिलेको पाइएको डिभिजन सहकारी कार्यलयले जनाएको छ ।  

कार्यलयका सहकारी अधिृकत दिपेन्द्रराज अधिकारीले सहकारी मापदण्ड २०६८ को दफा २५ (३) को ब्यवस्था अनुसार विभिन्न नामको निक्षेपमा दिइने ब्याजदर र विभिन्न कर्जामा लिइने ब्याज दर ३ प्रतिशत भित्र कायम राख्नुपर्ने भएपनि यस्तो नगरेको पाइएको जानकारी दिए । 

उनले सहकारी सस्था अनुगमनको क्रममा सम्बन्धित सस्थाहरुले तोकेको लेखापरिक्षकसगं लेखापरिक्षण नगराई सो लेखा परिक्षकको नाममा अन्य ब्यक्तिबाट लेखा परिक्षण भएको भटिएको र सम्बधित सस्थाले राखेको चार खाताको रकम र लेखा परिक्षण प्रतिवेदन समेत फरक भेटिएको बताए ।

कार्यलयको कार्यक्षेत्र अन्तरगत दोलखाका ५ सय १५ र रामेछापका ४ सय ९ सहकारी सघं सस्थाहरुलाई आगामी दिनमा यस्तो नगर्न आग्रह गर्दे यदि यसो गरेको पाइएमा विभागीय कारबाही हुने बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.