Powered by Blogger.
चार विद्यार्थीलाई छात्रबृत्ति र ल्यापटप वितरण

दोलखा, १२ मंसिर । 

कालिञ्चोक उच्च माविबाट एसएलसी उतीर्ण गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई सुजन परिता एजुकेशन फाउण्डेसनले छात्रवृत्ति र ल्यापटप वितरण गरेको छ ।

फाउण्डेसनले कालिञ्चोक उच्चबाट एसएलसी उतीर्ण गरेका २ छात्र र २ छात्रा सहित चार जनालाई ल्यापटप र जनही २५ हजार रुपैयाँ उपलब्ध गराएको हो । करिब एक करोड रुपैयाँको कोष खडा गरेर यस्तो सामाजिक कार्य सुरु गरेको हो ।  

यसअघि सोहि विद्यालयका दृष्टिविहिनहरुका लागि लुगा कपडाका लागि २५ हजार उपलब्ध गराइसकेका छ । कालिन्चोक विद्यार्थी समाजद्धारा आयोजित कार्यक्रममा विद्यालयका विकासका लागि पूर्वविद्यार्थीहरुको तर्फबाट २ लाख ८ हजार ६सय ८६ रुपैयाँ संकलन भएको बताइएको छ । 

१ करोडको अक्षय कोष खडा गर्ने लक्ष्य रहेको र उक्त रकमबाट विद्यार्थीहरुको समग्र विकासमा खर्च गरिने सोकासका अध्यक्ष दिपक बस्नेतले बताए ।
तस्विर इकान्तिपुर

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.