Powered by Blogger.
पर्यटकीय क्षेत्रको प्रचार विश्वमा बढाउन थापाको आग्रह



काठमाडौँ, १२ मंसिर ।

नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख सुर्य थापाले नेपालको पर्यटक क्षेत्र विश्वमा राम्रो प्रचार प्रसारमा ढिला भएको बताए ।

१२ वैशाखामा गएको भूकम्प र पछिल्लो तीन महिना यता भारतले गरेको अघोषित नाकाबन्दीका कारण धरासायी बनेको पर्यटक क्षेत्रलाई प्रवर्दन गर्न सगरमाथा, अन्नपूर्ण, मनासलु, लाङटाङ, रोल्वालीङ लगायतका पर्यटकीय पदयात्राका बारेमा प्रचार प्रसारमा कमी आएको जानकारी गराए । उनले तत्काल यस्ता गन्तव्यको प्रचार प्रसार नगर्ने हो भने पर्यटक क्षेत्र निकै धरासायी हुने बताए ।

राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)ले आयोजना गरेको टे«किङ एजेन्सी एसोसिएन अफ नेपाल (टान) लाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा सो कुरा बताएका हुन् । पर्यटक प्रवर्दन गर्न टानलाई तत्काल नयाँ योजना ल्याउन आग्रह गर्दै पर्यटन प्रवर्दन गर्न ल्याएको नयाँ योजनालाई कार्यान्वयन गर्न सरकारलाई दबाद दिने समेत जानकारी गराए । कार्यक्रममा एक फरक प्रसङगमा पर्यटन प्रमुख थापाले नेपाल माउन्टेनरीङ एसोसिएसन अफ नेपाल (एनएमए)को विषयमा मन्त्रीपरिषदले गरेको निर्णय कुनै पनि हालतमा नउल्टने दावी गरे ।

एनएमएमा साँचैनै समस्या भएको दावी गर्दै थापाले भने,‘ एनएमएले रोयल्टी उठाउन नपाएको भन्दै बिलौना गर्दै हिडनुको कुनै तुक छैन । एनएमएले उठाउने गरेको रोयल्टी सिधै राज्य कोषमा जम्मा हुन्छ ।’ कार्यक्रममा टानका अध्यक्ष चन्द्र रिजालले नेपालमा समय समयमा हुने गरेको बन्द हडतालका कारण नेपालमा आउने पर्यटकलाई सम्झाउन नसकिने अवस्था सृजना भएको बताए ।

नेपालमा १२ वैशाखमा गएको भूकम्प र पछिल्लो समयमा देशको परिस्थीतिका कारण नेपालमा आउने पर्यटकले पनि रिकट रद्व गरेको बताए । देशको विग्रदो अवस्थाका कारण नेपालमा कति पर्यटक आए, नेपालमा कति छन् भन्ने समेत थाहा पाउन समस्या भएको उनको भनाई छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.