Powered by Blogger.
कृषि सहकारी मार्फत आत्मनिर्भर वन्न सकिन्छ: वडाल



काठमाडौँ, ९ मंसिर ।
 
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले देशलाई आत्मनिर्भर वनाउन कृषि उत्पादन वढाउनुपर्ने वताए ।

केन्द्रीय कृषि सहकारी संघ जापान र नेपाल कृषि सहकारी केन्द्रीय संघको सहकार्यमा भुकम्प प्रभावित जिल्लाहरुमा सञ्चालन हुने कार्यक्रमवारे जानकारी दिने कार्यक्रममा अध्यक्ष वडालले देशमा संकट परेको समयमा पनि कृषि सहकारीले खाद्य आपुर्ति गरिरहेको भन्दै कृषि सहकारीको विकास र विस्तारका लागि विषेश पहल गर्नुपर्ने वताए ।

उनले आर्थिक रुपमा सवल वन्दै परनिर्भता हटाउने हो भने कृषि उत्पादनमा सरकारले विषेश सहुलियत र छुटको व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा वोल्दै नेपाल कृषि सहकारी केन्द्रीय संघ एंव साना किसान विकास वैंकका अध्यक्ष खेम वहादुर पाठककले भुकम्पबाट प्रभावित किसानलाई पुनः कृषि पेशामै फर्काउन केन्द्रीय कृषि सहकारी संघ जापानले प्रविधी हस्तान्तरण र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

अध्यक्ष पाठकले कृषि र किसानलाई वलियो वनाउन सके देशलाई हरेक कुरामा आत्मनिर्भर वनाउन सकिने भन्दै सरकारले पनि किसान र कृषिको पक्षमा सोच्नुपर्ने वेला आएको वताए ।

नेपालका भुकम्प प्रभावित र पिडितहरुका लागि केन्द्रीय कृषि सहकारी संघ जापानले निरन्तर सहयोग गरिरहने उपाध्यक्ष तोसियूकी मोरिनागाले प्रतिवद्धता जनाए । कृषिमा थोरै किसानको सहभागिता रहे पनि प्रविधि र सहयाताले जापान आत्मनिर्भर भएको उदाहरण प्रस्तुत गर्दै  उपाध्यक्ष मोरिनागाले नेपालमा पनि आप्mनो अनुभव हस्तान्तरण गर्न तत्पर रहेको वताए ।

केन्द्रीय कृषि सहकारी संघ जापानले नेपाल कृषि सहकारी केन्द्रीय संघसंगको सहकार्यमा भूकम्पबाट वढि प्रभावित ४ वटा जिल्लाका किसानलाई प्रविधी हस्तान्तरणका साथै क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.