Powered by Blogger.
भारतीय सुरक्षा बलको गोली लागेर चार नेपाली घाइते घाइते



सुनसरी,९ मंसिर ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा प्रवेश गरेर  गोली चलाएको छ । सो गोली लागी चार जना नेपाली घाइते भएको बताइएको छ ।

१० जना एसएसबीको समूहले गोली चलाएको बताइएको छ । गोली लागेर सुनसरीको हरिपुर गाविस,७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका छन् ।  उनीहरु भारतीय बजारबाट खाद्य सामान लिएर नेपाल आएको बताइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जय शर्माले बताए ।

अशोकको दायाँ छातीमा गोली लागेको छ भने, नरेशको बायाँ कम्मरमा गोली लागेको छ । घाइते चारै जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.