Powered by Blogger.
व्यवासयी मित्तलको निधन



काठमाडौँ, ९ मंसिर । 

वरिष्ठ उद्योगी व्यवसायी वनवरीलाल मित्तलको ७९ वर्षको उमेरमा निधन भएको छ । मित्तलको बुधबार बिहान १ः३० बजे ज्ञानेश्वर स्थित निवासमा निधन भएको परिवार स्रोतले जनाकारी दिएको छ ।

विस १९९२ साल चैत्र १० गते काठमाडौंको वटुमा जन्मिएका व्यवसायी मित्तलका एक श्रीमती र एक छोरा र दुई छोरी रहेका छन् ।हेलीकोप्टर सेवा प्रदायक संस्था श्री एयरलाईन्सका कार्यकारी अध्यक्ष मित्तल नेपालबाट संयुक्त राष्ट्रसंघमा हेलीकोप्टर सेवा दिने पहिलो नेपाली व्यवसायी हुन । यसका अलावा उनी वटुका प्रसिद्व कपडा व्यवसायी साहु हनुमान दासका छोरा हुन् ।

स्वर्गिय मित्तल यस अघि नेपाल चेम्बर अफ कमर्सका सस्थापक सदस्य, निर्माण व्यवसायी संघका पुर्व अध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पुर्व कोषाध्यक्ष,वायु सेवा सञ्चालक संघका संस्थापक सदस्य, नेपाल आँखा अस्पतालका संस्थापक सदस्य, मारवाडी सेवा समितिका पुर्व अध्यक्ष, नेपाल राष्ट्रिय माडवारी परिषदका सल्लाहकार समेत थिए । व्यवसायी मित्तलको बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने श्री एयरलाईन्सका बजार निर्देशक अलिन मानन्धरले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.