Powered by Blogger.
समयमा नै विमान उडाउन मन्त्री पोखरेलको निर्देशन


काठमाडौँ, ८ मंसिर ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोख्रेलले निर्धारित समयमा विमान उडाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

मंगलबार नेपाल वायुसेवा निगमको कार्यालय भ्रमणका सन्दर्भमा उनको यस्तो निर्देशन दिएका हुन । मन्त्री पोखरेलले मैत्रीपूर्ण व्यवहारले यात्रुको मन जित्ने प्रयास गरे निगमका विमान सिट भरिएर उड्नाका साथै प्रतिष्ठा बढ्नुका साथै वित्तीय घाटा बेहोर्नु नपर्ने बताए ।

संस्थालाई योजनाबद्धरुपमा अगाडि बढाउन व्यावसायिक योजना तयार गरेर अगाडि बढ्न समेत निर्देशन दिंएका छन् । भूपेरिवेष्ठित देशका लागि विमान जस्तो अर्को विकल्प हुन नसक्ने तथ्यमाथि प्रकाश पार्दै मन्त्री पोखरेलले अहिलेको परिस्थितिमा राष्ट्रियध्वजावाहकसँग पर्याप्त विमान भए वर्तमान कठिनाई भोग्नुनपर्ने धारणा राखे ।
मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष दिनेश कुमार थपलियाले निगमले उडान सँख्या र गन्तव्य बढाउने कामको थालनी गरिसकेको जानकारी गदिँदै चीनका विभिन्न गन्तव्यमा उडान बढाउन सके पर्याप्त मात्राका पर्यटक भित्र्याउन सकिने धारणा व्यक्त गरे ।

निगमका महाप्रवन्धक सुगत रत्न कंसाकारले २८ वर्ष सम्म गति लिन नसकेको नेपाल वायुसेवा निगमले नयाँ विमानहरु सेवामा लगाई नयाँ आयाम सिर्जना गर्ने बताए । आगामी दिनमा वाइडवडी विमान खरीद गर्ने योजना बनाएको जानकारी समेत दिए ।

चारवटा विमानले ७ वटा गन्तव्यमा सेवा पु¥याइरहेकोमा निकट भविष्यमा ग्वानझाउ, र दुवही सेवा थप्ने काम अगाडि बढाइएको जानकारी समेत दिए । कंसाकारले बोइङ्ग ७५७ ले कलकत्ताबाट हवाई इन्धन ल्याएर नेपाल आयल निगमलाई दिएको र सोही हवाई इन्धनबाट आन्तरिक उडानहरु सुचारु भएको जानकारी दिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.