Powered by Blogger.
नाकाबन्दीले भूकम्पमा भन्दा बढी क्षती: प्रम ओली


सोभित थपलिया

काठमाडौंँ, २९ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भातरले अघोषित नाकाबन्दी गरेर अमानवीय काम गरेको भन्दै यसलाई तत्काल रोक्न आग्रह गरेका छन् । देशकाबासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दे प्रम ओलीले जनआन्दोलनको उपलब्धिलाई संस्थागत उत्कृष्ठ संविधान बनेको उद्घोषगर्दै संविधानमा सबै नागरिकले गौरव गर्ने ठाँउ रहेको बताए ।  संविधान निर्माण पछि सम्बृद्व नेपाल निर्माण गर्ने आधार तयार भएको, संक्रमण काल अन्य भएको र राजनीतिक समस्या समाधान भएको अवस्थामा भारतले गरेको अघोषित नाकाबन्दीले नेपालीको जनजिवन आक्रान्त बनेको उनको भनाई छ । 

‘सबै जातीभाष धर्म समाजको अधिकार संविधानमा छ । कुनै समुदायले संविधानमा अधिकार नपुगेको भन्नु संविधान अध्ययन नगरेको हो । संविधान गतिशिल छ, केही अपुग भए संसोधन गर्न सकिने ठाँउ छ, प्रदेश आवश्यकताका आधारमा तय गर्न सकिन्छ’प्रम ओलीले भने ।

तराईमा आन्दोलनमा रहेका दललाई वार्तामा आउन आग्रह गर्दै भूकम्प पछि सबै दल एक भएर पुन निर्माणमा जुटनु पर्ने आवश्यकता औँल्याए । अघोषित नाकाबन्दी चाँडैनै अन्त्य हुने विश्वास लिएका ओलीले भूकम्प पछिको पुनः निर्माणमा राजनीतिक सहमति कायम हुनेमा विश्वास लिएको जानकारी गराए ।

देश इतिहासको चुनौतीपुर्ण संघारमा छ, लोकतान्त्री संविधान जारी गर्दा अमानवीय नाकाबन्दी होला भन्ने सोचेको थिएन, नसोचेको भयो, जसका कारण नेपाली जनताको चुलो बाल्न सकेको छैन यो अवस्थालाई मध्य नजर गर्दै प्रम ओलीले पञ्चशिलको शिदान्तलाई आधारमान्दै भारत सहयोग गर्ने आशा लिएको बताए ।

डेढ महिनाको नाकाबन्दीले जनजिवन कष्टकर । भूकम्पले सात खर्ब भन्दा बढीको क्षती भएको छ । प्रम ओलीले सम्बोधनकै क्रममा भने, ‘तराईले यो समस्या समाधान थेग्ला भनेको दक्षिणको नाकाबन्दीले भूकम्प भन्दा धेरै क्षती भयो । यसले तराई मधेसका जनतालाई पनि फाईदा हुँदैन ।’ नाकाबन्दीले औषधी, खाद्यान्न बोकेका गाडी नाकामा रोकियका छन् । सुन्तेरी, बालबालीका, बृद्व,बृद्वा औषधीले खान नपाएर समस्यामा छन् । युद्वमा हुन नहुने काम भयो । स्वतन्त्र राष्ट्रको सम्मान गर्नै पर्ने पञ्चशिलको सिदान्त तोडियो । नेपालले पैसा तिरेको इन्धन पनि भारतले पाठाएन । सुरक्षा समस्या नभएको ठाँउबाट इन्धन नआँउला आफुलाई दुःख तुल्यायो ।’ सम्बोधनकै क्रममा ओलीले भने,‘ यो अघोषीत नाकाबन्दी लामो समय नहरने र पुर्ववत हुने विश्वास लिएको छु, मित्रवत व्यवहार गर्न हार्दिक आग्रह गर्दछु ।’

तराई बन्दले उद्योग, पर्यटक ध्वस्त भएको छ, लाखौ श्रमीकको दैनिकी संकटामा परेको प्रति म सचेत छु । इन्धन अभावका कारण २० आँै लाख बालबालीकाको भविश्य अन्योलमा परेको छ । उनीहरुले अध्ययन गर्न पाएका छैनन् । ओलीले भने,‘ तेल अभावमा पढाई हुन सकेको छैन, अहिले अध्ययन गर्न नपाएका बालकालीकाले भविश्यमा भारत प्रति के सोच्लान, ती बालबालीकाले सोधे के जवाफ दिने ।

आन्दोलनतर दलले जुन समुदायका लागि आन्दोलन गरेका हुन् सोहि स्थानका जनता मारमा छन् । हामीले आन्तरीक समस्या समाधान गर्ने छौँ । मिलेर समस्या समाधान गर्नु पर्छ र गर्ने छौं । भूकम्प पीडित जाडोले समस्यामा छन् । आन्दोलनले पुन निर्माण गर्न समानको अभाव भएको छ । पाँच लाख गरिबीको रेखामुनी परेको छ । तराईको समस्या सबैको साझा समस्या हो । त्यो समाधान गर्न सरकारको दायित्व रहेको भन्दै आन्दोलनरत पक्षलाई बन्दको विषयमा सचेत हुन आग्रह गरेका छन् ।
आन्दोलन फिर्ता गरेर बार्तामा आउन समेत आग्रह गरेका छन् । विगतका त्रुटिपुर्ण निर्णय सन्धीले समस्या भएको भन्दै एउटै मात्र नाकामा आश्रीत भएका कारण वर्तमान समस्या देखिएको भन्दै यो घटनाले आँखा खुल्र्ने र पाठ सिक्नु पर्ने उनको भनाई छ ।

 चिनले दिएको अनुदानप्रति आभार प्रकट गर्दै, इन्धन ल्याउन पहल जारी रहेको जानकारी गराउदै इन्धन ल्याउन सडक विस्तार गर्ने कार्यलाई अद्दि बढाएर उल्लेख गरे । सम्बोधनका क्रममा एक वर्षमा लोडडेडिङ अन्त्य गर्ने, प्रसारणलाई निर्माण गर्ने, नविकरणीय उर्जालाई प्राथमिकतामा राख्ने, सौर्यउर्जाबाट दुई सय किलो वाट विद्युत  प्रसारण लाईनमा लोड्ने बताए । सरकारी कार्यालय र विद्यालयलाई विद्युतीय सवारी प्रयोग गर्न आग्रह गर्ने, विद्युतीय रेलको निर्माण गर्ने, स्वदेशी उत्पादन स्वदेशीमै उपभोग गर्न आग्रह गरेका छन् । कृषि प्रधानदेशले परनिर्भर रोक्न नयाँ योजना ल्याउने बताए ।

खाद्यन्नमा आत्मानिर्भर योजना ल्याउने बताए । पुनः निर्माण प्राधिकरण तत्काल गठन गर्ने पनि उल्लेख गरेका छन् । भूकम्प र बन्दका कारण समस्यामा परेको पर्यटक उद्योगलाई विषेश सुविधा दिईने भएको छ । देशबासीको नाममा सम्बोधन गर्दै देशबासीलाई आत्मानिर्भरता तर्फ उन्मुख आग्रह गरेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.