दोलखाको बोच र लाकुरीडाँडामा सार्वजनिक सुनुवाई

दोलखा, २४ कात्तिक ।
दोलखा जिल्लाको बोच गाविसमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला विकास समिति दोलखा र असल शासन समन्वय समिति दोलखाको सयुक्त आयोजनामा सो कार्यक्रम भएको हो ।
स्थानीय निकायद्धारा संचालित आयोजना निर्धारित समयमा सम्झौता सम्पन्न तथा अनुगमन गर्न पहल गर्ने, दोलखामा संचालन हुने पुननिर्माण कार्यक्रमलाई प्रभावकारी र सवैको पहुच सुनिश्चित गर्न सुचना सयन्त्रलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाइएको छ ।
यसैगरी भुकम्पपछि विभिन्न दातृ निकायले वितरण गरेको कार्यक्रम तथा बजेट सार्वजनिक गर्न जिविसले पहल गर्ने, नेपाल विद्युत प्राधिकरण वितरण शाखा चरिकोटलाई विद्युत आपुर्ति सहज गराउन आग्रह गर्ने कार्यक्रममा प्रतिवद्धता जनाइएको छ ।
बोच लाकुरीडाडा गाविस क्षेत्रको इलाका स्तरीय गोष्ठीबाट पारित गरिएका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ जिल्ला परिषदमा बजेटिङका लागी पहल गर्ने सार्वजनिक प्रतिवद्धता जनाइएको छ । आर्थिक वर्ष २०७२-७३ को प्रथम चौमासिक समिक्षा तथा आगामी योजना विषयक कार्यक्रममा स्थानीय नागरिकले विनाशकारी भुकम्प पछि संचालित कार्यक्रम तथा राहत वितरणका बारेमा प्रश्न गरेका थिए ।
यसैगरी जिल्लास्तरका कार्यलयहरुबाट संचालन हुने कार्यक्रममा पहुच हुनेले मात्रै सुविधा पाएको बताएका छन् । उनीहरुले पटक पटक सरकारी सेवा सुविधा माग गर्दा पनि आफुहरुले नपाएको गुनासो गरेका छन् ।
बोच र लाकुरीडाडा गाविसमा संचालित गतिविधिका बारेमा समिक्षा गर्न सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
कार्यक्रममा निमित्त स्थानीय विकास अधिकारी जगदिश अर्याल, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलय चरिकोटका इन्जिनियर नवराज प्याकुरेल, जिल्ला पशु सेवा कार्यलय दोलखाका प्रमुख डा तेज बहादुर रिजाल, जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र प्रधान, खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय चरिकोटका इन्जिनियर विद्यानाथ भट्टराई, डिभिजन सिंचाइ कार्यलयका इन्जिनियर कृष्ण रिजाल, महिला तथा बालकालिका कार्यलयकी प्रमुख लक्ष्मी ढकाल, शितोष्ण फलफुल रुट स्टक विकास केन्द्र बोचका प्रमुख शम्भु प्रसाद ढकाल, जिल्ला प्राविधिक कार्यलयका इन्जिनियर नारायण शिवाकोटी, जिल्ला स्वास्थ्य कार्यलयका क्षयकृष्ठ अधिकृत जितेन्द्र कुमार कर्णको उपस्थिति थियो ।
साथै स्थानीय राजनितिक दल, सघंसस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा जिविस दोलखाका सुचना अधिकारी विक्रम कार्कीले कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पारेका थिए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.