कोरियामा मारिएको नेपालीको नाममा अक्षयकोष

काभ्रे, २४ कात्तिक ।
कोरिया प्रवेश गरेको १५ दिनमै कम्पनीमा काम गर्ने भोजपुरका परशुराम राईद्वारा राति सुतेको अवस्थामा चिर्पटले हानी हत्या गरिएका शंखु–४, दाहालटारका सुदीप राउतको नाममा अक्षयकोष स्थापना गरिएको छ ।
नेपाली सहकर्मीद्वारा मारिएका राउतको नाममा परिवारको राहतको निम्ति काभ्रे सम्पर्क समिति कोरियाको पहलमा संकलित १० लाख ५६ हजार २ सय ५ रुपैयाँ अक्षय कोष स्थापना गरि उनको परिवारलाई हातान्तरण गरिएको हो ।
काभ्रेको शंखुपाटीचौरमा आयोजित ‘अक्षय कोष स्थापना तथा सहयोग हस्तान्तरण’ कार्यक्रममा सांसद रामहरी सुबेदी, प्रमुख जिल्ला अधिकारी मदन भुजेल र काभ्रे सम्पर्क समिति कोरियाका अध्यक्ष गणेश तिमल्सिना द्वारा संयुक्त रुपमा सहयोग रकम हस्तारण गर्दै अक्षय कोष स्थापना गरिएको हो । त्यस्तै राउतका माइली छोरीको अध्यन खर्चको लागि किम्हे माइग्रेन्ट हाउसबाट यज्ञराज सुबेदीको बिशेष पहलमा आगामी ५ बर्षको लागि बार्षिक ६ लाख कोरियन वनका दरले प्रदान गरिने भएको छ ।
दोषीले आफ्नो दोष स्वीकार गरिसकेकोले अब अदालत बाट सजाय सुनाउन मात्र बाँकी रहेको जानकारी गराउदै कोरियामा यस्तो घटना आगामी दिनमा नदोहोरियोस भन्ने कामनाका साथ काभ्रेलिको दुख सुखमा सदैब काभ्रे सम्पर्क समितिको साथ रहने अध्यक्ष तिमल्सिनाले बताए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.