Powered by Blogger.
राष्ट्रियता, अखण्डता र सार्बभौमसत्ता च्याँखे थापिन्नःउपप्रम केसी

काठमाडौँ, २४ कात्तिक ।
 
उपप्रधानमन्त्री एंव सहकारी तथा गरिबी निबारण मन्त्री चित्र बहादुर केसीले  राष्ट्रियता, अखण्डता र सार्बभौमसत्ता च्याँखे थापेर इन्धन नल्याउने बताए ।

सहकारी पत्रकार समाजसँगको भेटमा मन्त्री केसीले भारतले गरेको अघोषित नाकाबन्दीले नेपाली जनतालाई जति नै पीडा भएपनि राष्ट्रियता, अखण्डता र सार्बभौमसत्ता खतरामा परेर कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे । ‘जनजीविका अत्यन्त कष्टकर छ तर पनि ग्यास, तेलसँग राष्ट्रियता साट्दैनौं’ उनले भने ।

नेपाली जनताले आफ्नो संविधान आफै बनाएको प्रतिफल स्वरुप भारतले पीडा दिए पनि आत्मासम्मान कुनै पनि हालतमा बिक्री नगर्ने बताए । ‘नेपालले आफ्नो संविधान आफै बनाउन लाग्दा छिमेकी देशले निर्माणधिन संविधान रोक्न शिरदेखि पाउँसम्मको बल निकालेर लागे पनि सफल भएन, हामीले संबिधान निर्माण कार्यलाई रोकेनौं’ उनले भने । ‘के नेपाली जनताले आफै संबिधान निर्माण गर्नु अपराध होे ?’ उनले प्रतिप्रश्न गरे ।

नाकाबन्दीको मुद्वालाई अन्तर्र्राष्ट्रियकरण गरेर तत्काल समस्या समाधान गरिने उनको भनाई छ । यसका लागि उपप्रधान एंव परराष्ट्र मन्त्री कमल थापाले जेनेभाबाट सुरु गरेको जानकारी गराए । संबिधान निर्माणमा एक ढिक्का भएका तीन दललाई आफ्नो स्वार्थ अनुकुल बनाउन नै बाह्य खेल भएको मन्त्री केसीको जानकारी गराए ।

‘संविधान यथाशक्य कार्यान्वयनमा आउँछ, देश नै बिखण्डन हुनेगरी कसैसँग झुकिदैँन्’ उनले भने ।  यो जस्तो प्रगतिशिल संविधान कुनै पनि छैन, यसको कार्यान्वयन लागि लागि सबै नेपालीको सहयोग आवश्यक रहेको उनको भनाई छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.