Powered by Blogger.
अमेरिकामा रहेका नेपालीद्धारा भेड्पूका विद्यालयलाई सहयोग

दोलखा, २४ कात्तिक ।

अमेरिकामा बस्दै आएका स्थानीय शान्त बहादुर थोकर र भोजराज थोकरले २ लाख ५० हजार रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन् ।

सो रकम दोलखाको भेड्पु गाविसमा रहेको जुकेमाविका लागी १० हजार, भिम माविका लागी ५० हजार, कालिका देवि निमाविका लागी ५० हजार, र शैलुङ टिप्लिङ साुमदायिक संस्थाका लागी ५० हजार रुपैयाँ वितरण गरिएको छ ।

यसैबीच नेपालीहरुको दोस्रो महान चाड तिहारको अवसरमा सोमबार दोलखाको भेड्पु गाविसमा शुभकामना आदान प्रदान साथै म्युजिकल चियर र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

जस अन्र्तत निमावि स्तरीय नृत्य प्रतियोगितामा कालिदेवि निमावि प्रथम, सोही विद्यालयका विद्यार्थी द्धितिय, जुकेमावि तृतिय र जुके माविकै विद्यार्थीले सान्त्वना पुरस्कार हात पारेका छन् ।

 यसैगरी म्युजिकल चियर प्रतियोगितामा भिममावि धुनुके  र जुके मावि प्रथम र कालिदेवि निमाविका विद्यार्थीले सान्तवना पुरस्कार हात पारेका छन् । उनीहरुलाई जिल्ला कृषि सहकारी संघका अध्यक्ष अम्बिका गोलेले नगद सहित शैक्षिक सामग्री पुरस्कार वितरण गरीन्

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.