Powered by Blogger.
२२६ एमाले प्रवेश


भक्तपुर,२५ कात्तिक ।

विभिन्न पार्टीका दुई सय २६ जना एमालेमा प्रवेश गरेका छन् । भक्तपुरको चागुनारायण नगरपालिका वडा नम्बर ३ मा आयोजीत दिपावलीको शुभ कामना आदान प्रदान कार्यक्रममा राप्रपा, नेमकिपा एमाओवादी र काङग्रेस सक्रिय सदश्य देखि जिल्ला सदश्य सहित दुई सय २६ एमालेमा प्रबेश गरेका हुन् ।

स्थानीय राम हरि थापाको अगुवाईमा आयोजित कार्यक्रममा ९० परिवारका दुई सय २६ एमालेमा प्रवेश गरेको हुन् । एमाले स्थायी कमिटि सदस्य शंकर पोख्रेलपो पार्टी प्रवेश गराउँदै भक्तपुरबाट दुई किलो मिटरको दुरीमा रहेको सो क्षेत्र विकास निर्माणमा पछि परेको पूति दुःख व्यक्त गरे ।

सो स्थानको विकासका लागि एमालेले आवश्यक सहयोग गर्ने प्रतिबद्वता जनाए । गाँउनै एमालेमय बनेपछि आश्चर्यमा परेका पोखरेलले एमालेप्रतिको जनताको मायालाई खेर जान नदिने बचन बद्वता समेत जनाए ।

कार्यक्रममा पुर्व उद्योग मन्त्री महेश बस्नेतले देश एमालेकरण भएको समयमा यो प्रवेशले सकारात्मक सन्देश जाने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समस्या समाधानमा दृढरुपमा लाग्ने बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.