भूकम्प र मंहगीले लग्यो दोलखालीको चाड

दोलखा, २५ कात्तिक ।
१२ वैशाखमा गएको भूकम्पले दोलखा जिल्लाका साथै अन्य जिल्लामा पनि ठुलै क्षति पुर्यायो । तर २९ वैशाखमा दोलखा जिल्लामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले निकै क्षति पुर्यायो । १२ र २९ वैशाखको भूकम्पले दोलखा जिल्लाका लगभग ९८ प्रतिशत घर ध्यस्त भएको बताइन्छ । भूकम्पले बस्ने घर ध्वस्त भएपछि अहिले दोलखाबासी अस्थायी घर बनाएर बसेका छन् ।
जसका कारण वर्षको चाडपर्वमा दोलखाबासी खासै रमाउन सकेनन् । नेपालीहरुको महान वर्ष, तिज, दसैँ, तिहार कुनै पनि पर्वले छोएन दोलखालीलाई । भूकम्पले घर लग्यो, टहरामा बस्नु परेको छ, विस्तारै चिसो मौसम सुरु हुँदैछ, सुस्पा क्षमावती १ कि मिन माया तामाङ भन्छिन् ‘यस वर्ष दोलखाबासीलाई कुनै पनि चाडले छोएन् ।’

अघिल्ला वर्षहरुमा तिहार आएपछि घरमा रातो माटो, कमेरो लगाउने चटारो हुने गर्दथ्यो, तामाङले भनिन्,‘घर छैन कहाँ रातोमाटो, कमेरो लगाउनु ।’ उनले थपिन, तिहारमा घरका झ्याल ढोकामा यसपत्री फुलका माला लगाउनु पर्ने, घर रंगि चंगी बनाउनु पर्ने यस वर्षत घर नभएकाले फुल रोपीएन् । माला लगाउने ठाँउ पनि छ्र्रैन । भूकम्पले घर भत्काए पछि यस वर्ष उनले लक्ष्मी पुजाको समते कुनै तयारी नगरेको बताइन ।
यसै वर्ष भूकम्प गयो, भारतले गरेको अघोषीत नाकाबन्दीका कारण तेल, नुन जस्ता दैनिक उपभोग्य बस्तु पाउन मुस्किल छ, दोलखाकै यज्ञ प्रसाद शिवाकोटीले भने,‘दैनिक साँझा हुने गरेको लोडसेड्ङिका कारण यस वर्ष दोलखालीलाई कुनै पनि चाड आएनन् ।’ उनले थपे ‘यस वर्ष दोलखाबासीले अघिल्लो वर्षको रमाईलो सम्झेर बस्नु परेको छ ।’

भूकम्पले सबै दोलखालीको खुसी लग्यो सुस्पाका जितेन थामी भन्छन्,‘ भूकम्पले पारेको क्षतिका कारण पुजा गर्ने रमाईलो गर्ने अवस्था छैन् । अस्थायी घरमै भए पनि चाडपर्व मनाउन तेल, चिनी पाईदैन । पाइए पनि मुल्य दोब्बर-तेब्बर छ खै के चाड आयो भन्नु ।’
भूकम्पले घर भत्किए पछि अन्नपात समेत राख्ने ठाँउ छैन, यस वर्ष पुजा पाठ नगरि चाड बित्ने भयो,’ दोलखा कै लोक बहादुर थामीले भने,‘ घरमा अन्नपात मसते राख्ने ठाँउ छैन, यस वर्ष लक्ष्भी पुजाको पनि तयारी गरिएन् ।’ भूकम्पले त्रासमा रहेका स्थानीयले फुल नरोप्दा अघिल्ला वर्ष जस्तो बारीको डिलमा देखिने पंहेलै फुल्ने मखमली फुल समेत देख्न मुस्किल छ दोलखामा ।
निरासी थामी
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.