Powered by Blogger.
चार माग पुरा नभएरसम्म आन्दोलन जारी रहन्छ : ठाकुर


भक्तपुर, १८ असोज ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले चारवटा माग पुरा नभए मधेशमा भईरहेको आन्दोलन र नाकाबन्दी जारी रहने बताए । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नयाँ सरकार निर्माणको चलखेलमा राजनीतिक दलहरु केन्द्रित बनेकाले वार्ता केवल देखावटी बन्दै गएकाले आन्दोलन र नाकाबन्दी जारी रहने बताए ।

अध्यक्ष ठाकुरले अनौपचारिक भेटघाटमा तीन दलका नेताहरुले मधेशको माग पुरा गर्छौ भन्दै कोठे बैठकमा बसेर अर्कै चलखेल गर्ने गरेको र देखावटी वार्ता टोली गठन भइसकेको भन्दै हालसम्म स्पष्ट रोड म्याप बिनाको वार्ता टोली आएवार्ता नहुने बताए । नेपालमा अघोषित रुपमा भारतले गरेको नाकाबन्दी हल्ला भएको भन्दै उनले मधेशमा सरकारले गरेको दमन र हिंसाका कारण स्थानिय घर छाडेर सिमामा जानु पर्ने बाध्यता रहेकाले नाकाबन्दी गर्न आन्दोलनरत पक्ष बाध्य भएको बताए ।

अध्यक्ष ठाकुरले आम हड्ताल र नाकाबन्दीले उपत्यकालाई दबाब परेता पनि त्यसको प्रत्यक्ष मारमा तराई परेको भन्दैं ५२ दिन सम्म पनि सरकाले मधेशका नागरिकलाई आफ्नो नागरिक सम्झेर समस्या सम्बोधन तर्फ ध्यान दिन नसकेको र विभेदको नीतिले हेर्ने परम्परा बाँकि नै रहेको आरोप लगाए । अध्यक्ष ठाकुरले आन्दोलन रहर नभइ बाध्यता भएको भन्दै मधेशमा उठेका चार माग सिंमाकन, समावेशी समानुपातिक, निर्वाचन क्षेत्र र नागरिकताका विषयलाई सम्बोधन नगरिए आन्दोलनले अझैं उग्र रुप लिने बताए ।

उनले मधेशमा कतै सुरक्षाको अवस्था नभएको र सरकारले दमनको नीति अप्नाएकै कारण दिन प्रतिदिन मधेश आक्रमक बन्दै गएको टिप्पणी गरे । शान्तिपूर्ण आन्दोलनमा प्रहरीका घुमुवा प्रहरी पठाएर आन्दोलनलाई हिंस्रक बनाएको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भन्नु भयो मधेशमा ४५ जनाको मृत्यु भईसकेको र हजारौ संख्यामा घाईतेका साथै हजारौं घरपरिवार बिस्थापित बन्नु परेको छ ।

दक्षिण तर्फको नाकाबन्दी पश्चात सरकारले उत्तरतर्फको नाका खोल्न नसक्दा नेपालीले भोग्नु परेको पिडालाई समाधान गर्न उत्तरतर्फको नाका खोल्ने प्रसंगमा उनले भने,‘सरकारमा रहेका दलहरुले यस तर्फ चासो दिने हो ।’ हामीले चाहेर पनि केहि हुन नसक्ने भन्दै उनले छिमेकीहरुसँग राम्रो सम्बन्ध छ भन्ने सरकारले जन समस्याको जिम्मा लिएर समस्या समाधान गर्न अग्रसर बन्नु पर्नेमा जोड दिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.