Powered by Blogger.
‘सञ्चारमन्त्री मीनेन्द्र, ‘हिन्दूस्तानका असली एजेन्ट’


काठमाडौँ, १८ असोज ।

गर्व नामको चलचित्रमा जफर सुपारी भन्न अन्डर वल्र्डको डनले दुबईमा बसेर मुम्बईमा  साम्राज्य चलाइरहेको हुन्छ । उसका मान्छेहरूलाई धमाधम मुम्बई पुलिसले इन्काउन्टरमा ढाल्न थालेपछि जफर सुपारीले पाँच खोकामा सांसद् किनेर काशी त्रिवेदी भन्ने पात्रलाई मुख्यमन्त्री बनाउँछ । तर काशी मुख्यमन्त्री भएपछि मुम्बई पुलिसले झनै सफर सुपारीका मान्छेको इन्काउन्टर बढाएपछि जफरले तेरो लागि पाँच खोका खर्च गर्न सक्छु भने तेरै लागि पाँच गोली खर्च गर्नपनि सक्छु भनेर गुनको बदला गुन तिर्न दबाब दिन्छ ।

गर्व फिल्मको काशी त्रिवेदीको भूमिकामा एकाएक सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल देखिएको भन्दै नेपाल चलचित्र विकास बोर्डको हलमा केही चलचित्रकर्मीहरूबीच यो रोचक छलफल चल्यो । जफर सुपारीको भूमिकामा भारतीइ राजदूत रणजति रोय देखिए तरु उनीहरूबीच यो प्रश्न उठेपनि रिजालको मालिक जफर सुपारी राजदूत हुन् कि उनीभन्दा पनि अदृष्य पात्र केही छ भन्ने रहस्यकै गर्भमा  छ । तर, एउटा के चाहिँ प्रमाणित भएको छ भने, दौरा सुरूवाल टोपी लगाएका हिन्दूस्तानका हालका असली एजेन्ट मीनेन्द्र हुन भन्ने यसपटकको भारतीय नाकाबन्दी क्रममा प्रष्ट भयो ।

कृष्णप्रसाद सिटौलाले भीटो प्रयोग गरेर सञ्चारमन्त्री बनाएकोसम्म पनि सबैलाई थाहा थियो । तर, यिनी भारतको तलबी एजेन्ट हुन् भन्ने अनुमान धेरैलाई थिएन । अमेरिकामा पढेका र पैसा कमाएका व्यक्ति भएकाले यिनले पैसाका लागि विदेशी खुफिया एजेन्सीको जासुसी गर्छन् भन्ने धेरै कांग्रेसले अनुमान गरेका थिएनन् । यद्यपी शेरबहादुर देउवाले चाहिँ आफू प्रधानमन्त्री भएको बेला यिनलाई सल्लाहकार बनाउँदा नै यिनी विदेशी गुप्तचर एजेन्सीका जासुस हुन भन्ने थाहा पाएर दूरीमा राख्न थालिसकेका थिए ।

 देउवाले आफ्नो भेद थाहा पाएपछि उनी मुसाले प्वाल परेको छाडेर हिँडेजसरी देउवालाई छाडेर कोइराला क्याम्पमा लागे । यसपटक भारतले नेपाली जनता र नेपालको सार्वभौमसत्ता विरुद्ध नांगो हस्तक्षेप गार्द र नेपाली जनतामाथि अमानवीय नाकाबन्दी लगाउँदा सिंगो मुलुक देशभक्तिमा एकजुट भयो । तर, रिजालले दुवईबाटै भारतले नेपालमा नाकाबन्दी नलगाएको र नेपालीको बानी नै गलत हल्ला चलाउने खालको रहेको नकच्चरो प्रतिक्रिया दिए ।–साँघु साप्ताहिक

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.