Powered by Blogger.
दोलखाका चार सहकारी एकिकरण

दोलखा, १४ कात्तिक ।

भिमेश्वर नगरपालिकाका चार वटा सहकारी संस्थाहरु एक आपसमा एकिकरण भएका छन् । यसरी एकिकरण हुनेमा अर्थभुमि बचत तथा ऋण सहकारी संस्था, संगालो बचत तथा ऋण सहकारी संस्था, गौरीसंकर बचत तथा ऋण सहकारी संस्था र हाम्रो कृषि सहकारी संस्था रहेका छन ।

चार सहकारी गाभिएर अर्थभुमि बचत तथा ऋण सहकारी संस्थाको नामबाट एकिकृत कारोबार शुरु गरेको छ ।
यि एकिकरण पश्चात सात करोड बराबरको कारोबार र २५ सय भन्दा बढी शेयर सदस्य भएको अर्थभुमि साकोसका अध्यक्ष कृष्ण प्रसाद दहालले जानकारी दिए ।

यस पछि सदरमुकाम चरिकोटमानै रहेका जनहित सहकारी संस्था र हिमालय बचत तथा ऋण सहकारी संस्था पनि एकिकरणको प्रक्रियामा रहेका छन् । हाल दोलखामा विभिन्न प्रकृतिका गरी पाँच सय २३ भन्दा बढी सहकारी संस्था रहेको जिल्ला सहकारी दोलखाले जनाएको छ । दोलखामा गत वर्ष जिरी नगरपालिकामा रहेका नौ वटा सहकारी संस्था एकिकरण भएको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.