Powered by Blogger.
विरोधको नयाँ शैलीः देउसीभैले खेलेर इन्धन माग्दै

काभ्रे,१४ कात्तिक ।
तिहार आउन नौ दिन बाँकी रहेपनि काभ्रेमा भने तिहार अगावै देउसी भैलो खेलिएको छ । विगत एक महिना अघिदेखि जारी इन्धन सङकटको विरुद्धमा देउसी भैलो गित मार्फत व्यङग्य कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको आयोजनामा विशेष अतिथी डिजेलको एक बोतल ,प्रेटोल सभापती, प्रमुख अतिथी एलपी ग्याँसको रित्तो सिलीन्डर र अतिथीमा मट्टितेललाई राखीएर व्यङग्यात्मक शैली प्रर्दर्शन गरीएको छ ।  श्रीकष्ण म्युजीक प्राली प्रोपाईटर समेत रहेका गायक रामहरी न्यौपाने को आयोजना रहेको सो कार्यक्रम काभ्रेको बनेपामा सम्पन्न भएको हो ।

छिमेकी मुलुकको अघोषित नाकाबन्दी र तराई आन्दोलनले यतिबेला देशमा चरम इन्धन सङकट रहेको भन्दै सो कार्यक्रमको आयोजना गरीएको न्यौपानेले बताए । सोही अवसरमा काभ्रेका प्रथम लोक गायक मच्छेस्वर सापकोटा र उनकी धर्मपत्नीले समेत सो कार्यक्रममा गित गाएर र देउसी भैलो मार्फत सरकारलाई इन्धन मागेका थिए ।

सरकारलाई दिएको सो दवाव मुलक कार्यक्रममा सयौँ काभ्रेलीहरुले सहभागी जनाएका थिए । सो कार्यक्रममा सहभागी जनाउँदै सापकोटाले सरकारले छिटै इन्धन सङकटको विकल्प खोज्नुपर्ने र राजनीतीक निकासको लागी बार्ता गर्नुपर्नै पनि बताएका थिए । नेपालमा तिहारको बेला देउसी भैलो खेलेर रमाईलो गर्ने प्रचलन रही आएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.