Powered by Blogger.
एलपी ग्यासको विकल्पमा क्लिक कुक स्टोभ



काठमाडौँ, १२ कात्तिक ।
 
गैर आवासीय नेपाली संघ अमेरिकाले आगोको तापबाट विजुली बाल्न सक्ने आधुनिक क्लिन कुक स्टोभ ल्याउने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एनआरएन अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराईले नेपालमा ईन्धनको संकटले नेपालीहरुको चुल्हो बल्न नसकेको अवस्थामा आफूहरुले थोरै दाउराबाट खाना पकाउने र विजुली समेत बाल्न सकिने चुल्हो नेपालमै उत्पादन गरेर न्यून मुल्यमा उपलब्ध गराउन सकिने बताए ।

उनले पहिलो चरणमा गैर आवासीय नेपाली संघले भुकम्प पीडितकालागि बनाउने लागेको एक हजार घरमा यस्ता चुल्हो जडान गर्ने योजना सुनाए । नासाले विकास गरेको प्रविधिलाई क्यालिफोर्नियामा अध्ययनरत नेपाली विद्यार्थीहरुले चुल्होमा जडान गरेर खाना पकाउने र उर्जा उत्पादन गर्ने गरी विकास गरेको सफ्ट बेयर ईन्जिनियर सुनिल राज भण्डारीले जानकारी दिए ।

सो चुल्होबाट सात मिनेटमा एक लिटर पानी उमाल्निे छ भने आगोबाट उत्पन्न तापलाई उर्जामा रुपान्तरण गरे बत्ती बाल्ने र मोवाईल चार्ज गर्न सकिने छ । सो चुल्होबाट १३ भोल्ट विद्युत उत्पादन गर्न सकिने छ । त्यसैगरी एनआरएन अमेरिकाले भुकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको भीम ताल गाविसमा रहेको सेतिदेबी मावीको भवन निर्माण गरिदिने भएको छ ।

पत्रकार सम्मेलनमै एनआरएन अमेरिकाका उपाध्यक्ष भट्टराई र सिन्धुपाल्चोक भीमताल ९ का रामजी माझीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तीन सय परिवार माझी रहेको सो क्षेत्रको सेतिदेवी एकमात्र विद्यालय हो । भट्टराईले विपन्न जनतालाई शिक्षा दिने विद्यालय भएकोले आफूहरुले पुर्न निर्माण गर्ने सोच बनाएको बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.