Powered by Blogger.
जनताप्रती उत्तरदायी कार्यशैली अपनाऔः गृहमन्त्री



काठमाडौँ, १० कात्तिक । 

गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनताप्रती उत्तरदायी कार्यशैली अपनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्रालय मातहतका विभिन्न महाशाखा तथा शाखाका कर्मचारीहरुको बिफ्रीङ लिने क्रममा मन्त्री बस्नेतले बदलिएको परिस्थितीमा कर्मचारीहरुले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने धारणा राखेका हुन् ।

जनताले असहज परिस्थतीको सामाना गरीरहेको भन्दै मन्त्री वस्नेतले जनतालाई सुरक्षाको पुर्ण प्रत्याभुती हुने वातावरण बनाउन र ब्यवहारमा परिवर्तन ल्याउन पनि निर्देशन दिएका हुन् । ‘मुलुकले असहज स्थितीको सामना गरिरहेको छ, इन्धन, ग्यास लगायतका अत्याआवश्यक वस्तु पुर्याउन पनि सकिएको छैन् यस्तो अवस्थामा जनतालाई विश्वासमा लिएर काम गर्नु अहिलेको चुनौती हो ।’ मन्त्री बस्नेतले कर्मचारीलाई निर्देशन दिदै भने ।

उनले कुनै पनि काम गर्नुभन्दा अघि सवैसंग संवाद  र छलफल गरेर मात्र अघि बढ्ने तर,आफ्नो योजना कार्यान्यनमा भने कसैसंग सम्झौता नगर्ने पनि स्पष्ट  पारे ।  बस्नेतले मुलुकमा राजनितीक परिवर्तन धेरै छिटो–छिटो भएपनि सामाजिक सांस्कृतिक परिवर्तनमा ढिलाई भएको भन्दै यसको गतिमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । उनले कर्मचारीको काम गर्ने र सोच्ने पुरानो तरिकामा परिर्वतन ल्याउन आवश्यक भएको बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.