Powered by Blogger.
ओलीजी हारेको भए मधेसीहरुको मनको पीडा कम हुन्थ्योः कर्ण



काठमाडौँ, १० कात्तिक
संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बार्ता टोलीका सदस्य एवम सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले मधेस विरुद्ध विष ओकल्ने केपी शर्मा ओलीलाई परास्त गर्न मात्रै प्रधानमन्त्री निर्वाचनमा मत हाल्न गएको खुलासा गरेका छन् ।
राजधानीमा आयोजीत साक्षात्कारमा सो कुरा खुलासा गरेका हुन । ‘कहिले मधेसीलाई यूपि र विहारी भन्ने, कहिले आन्दोलनले माँखो पनि भाच्दैन भनेर मधेस विरुद्ध विष ओकल्ने केपी शर्मा ओलीलाई हराउन मात्र हामी निर्वाचनमा भाग लिन गएका हौ ।

 केपी ओलीको ठाँउमा अरु उम्मेदवार भएको भए नजान पनि सक्थ्यौ’ उनले भने,‘ओलीजी हारेको भए मधेसीहरुको मनको पीडा पनि कम हुन्थ्यो । सबक सिकाउन गएका थियौ तर सकेनौ ।’ उनले राष्ट्रपति पदमा आफूहरुको उम्मेदवार नभएको र अरु दलले पनि आफूहरुसँग कुनै प्रस्ताव नराखेकोले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनमा सहभागि नहुने स्पष्ट पारे । उनले भने,‘अहिलेसम्म हामीलाई कसैले वास्ता पनि गरेको छैन त्यसैले सहभागि पनि हुँदैनौ ।’

यो सरकारलाई घुडा नटेकाई आन्दोलन नरोक्ने स्पष्ट पार्दै भने,‘ यस्तै अवस्था रहे हेर्दै जानुस आगामि पन्ध्र दिनसम्म यो सरकार टिक्दैन ।’ कर्णले मुलुकमा आपूर्ति ब्यवस्था सहज बनाउने, शान्ति सुरक्षा कायम गर्ने दायित्व सरकारको भएपनि यसमा सरकार पूर्ण रुपमा असफल भएको भन्दै यस्तो अवस्थामा कि आन्दोलनका माग संबोधन कि सत्ता छाड्नु पर्ने धारणा राखे ।

उनले मधेसीलाई बार्ता विरोधी भन्ने आरोप लगाएकोले आफूहरु बार्तामा आएपनि सरकार बार्ताकोलागि गंभिर नभएको आरोप लगाउँदै सरकारले आफूहरुको राजनीतिक मागलाई समेटेर स्पष्ट एजेण्डा ल्याए बार्ता निर्णायक चरणमा प्रवेश गर्न सक्ने विश्वास ब्यक्त गरे ।

कर्णले भने,‘सरकार एजेण्डा नै ल्याउँदैन । ल्याएपो मान्ने नमान्ने हुन्छ । सीमांकन आयोगबाट टुङग्याउला भन्छ । आयोगप्रति हामीलाई विश्वास छैन । हिजो काग्रेस र एमालेले पनि आयोगको निर्णय नमानेकै हुन ।
सञ्चारकर्मीको जिज्ञासामा उनले उत्तरी छिमेकी चीनसँग जोडिएका सीमानाका सुचारु भए पनि आफूहरुले अवरुद्ध गर्न नसक्ने स्पष्ट पारे ।

बार्ता टोलीका अर्का सदस्य एवम तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता राम नरेश राय यादवले मधेस आन्दोलन अझै शसक्त र निर्णायक हुने दावी गर्दैै यो वर्षको धान कटाई र गहू छर्ने भन्दा पनि मधेसी जनतालाई आफ्नो अधिकारको मतलब भएको स्पष्ट पारे ।

उनले अघिल्लो बार्तांमा बार्ताको बातावरण बनाउन राखिएको पाँच सर्तमा सरकारी बार्ता टोलीले प्रतिबद्धता ब्यक्त गरेको भन्दै सरकारले चाँहे आफूहरु निर्णायक बार्ताकोलागि जतिबेला पनि तयार रहेको बताए ।
यादवले भने,‘बार्ता टोली पुरानै कुरा दोहोर्याउँछ । सुशील कोइराला नेतृत्वको सरकारले गरेको निर्णय पनि कार्यान्वयन गर्दैन । अब मधेसी जनता भोट हाल्ने र कर तिने काम गरेर मात्रै बस्न सक्दैन ।’


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.