Powered by Blogger.
पाकिस्तानमा भूकम्पले पुर्याएको क्षति प्रति प्रमद्वारा दुःख व्यक्त


काठमाडौँ, १० कात्तिक ।

पाकिस्तान–अफगानीस्तानको सीमा क्षेत्र हिन्दकुश पर्वतमा सोमबार गएको ७.५ रेक्टर स्केलको भूकम्पले पारेको क्षतिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

भूकम्पले सो स्थानमा ठूलो जनधनको क्षति पुगेको भन्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट  प्रधानमन्त्री ओेलीले गहिरो दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार राति लण्डन भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई टेलिफोन गरी भूकम्पले पाकिस्तानमा पु¥याएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरुप्रति समबेदना प्रकट गरे ।

प्रधानमन्त्रीले विपत्त जारी गर्दै ‘यस्तो विपतको घडीमा नेपाल सरकार र नेपाली जनता सदैव पाकिस्तान सरकार र पाकिस्तानी जनताको साथमा रहेको छ ।’ जारी विज्ञप्तिमा नेपाल सरकारका तर्फबाट सक्दो सहयोग गर्ने उल्लेख छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.