Powered by Blogger.
सुरक्षाकर्मी र सवारी साधन कटौती गर्न प्रमको निर्देशन



काठमाडौँ, ९ कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी र सवारी साधन कटौति गर्न निर्देशन दिएका छन् ।

अहिलेको देशको परिस्थितिलाई ध्यान दिदै सोमबार सो निर्देशन दिएको बताइएको छ । सवारी साधनहरुको परिचालनमा मितव्ययिता अपनाउन प्रम ओलीले सो निर्देशन दिएको बताएको छ ।

सोमबारदेखि उच्चपदस्थ अधिकारीहरुको स्कर्टिङमा रहेका सुरक्षाकर्मीको सवारी साधन तथा सचिवालयमा प्रयोग भईरहेका सवारी साधनहरुको संख्या घटाईएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.