Powered by Blogger.
आन्दोलनरत मोर्चा र सरकारी बिच सोमबार औपचारिक वार्ता हुने

काठमाडौँ, ८ कात्तिक ।
मधेस आन्दोलनबारे बार्ता गर्न आइतबार सरकारको तर्फबाट गठित बार्ता टोली र संघिय मधेसी मोर्चा  बिच नेपाल सदभावना पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा अनौपचारीक बार्ता शुरु भएको  छ ।

सरकारी बार्ता टोलीको संयोजक उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कमल थापाले जारी मधेस आन्दोलनका कारण नेपालीहरुको जनजीवन पुर्णरुपले प्रभाबित बन्दै गएकोले आन्दोलनका मुख्य एजेण्डा तथा मधेसको माग सम्बोधन गर्न सरकार तयार रहेको जानकारी गराए ।

औपचारिक वर्ताको लागि संघिय मोर्चालाई तयार रहन गरेको आग्रहलाई स्वीकार गर्दै नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले आफु लोकतन्त्रमा बिश्वास गर्ने दल भएकाले वार्ताबाट पछाडी नहटने जानकारी गराए । उनले आगामी दिनमा हुने बार्ता सार्थक र सकारात्मक हुनुपर्ने माग गरेका छन् । आइतबार भएको औपचारिक  बार्ताले सोमबार संघिय मधेसी मोर्चासंग परराष्ट्र मन्त्रालयमा मध्यान्न १ बजे औपचारिक  वार्ता हुने  सहमती भएको वार्तामा सहभागि नेपाल सदभावना पार्टीका  प्रवक्ता शिव पटेलले बताए ।

आइतबारको अनौपचारिक वार्तामा नेपाल सरकारको तर्फबाट बार्ता टोलीको संयोजक एवं उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, सदस्यद्वव मन्त्री रामजनम चौधरी, रेखा साह र मोर्चाको तर्फबाट नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झा, माननीय डा. डिम्पल झा, प्रवक्ता शिव पटेल,केन्द्रिय सदस्य कौश्लेन्द्र मिश्र, लोकदलका अध्यक्ष कौशल कुमार सिंह, बहुजन समाज पार्टी नेपालका अध्यक्ष गंगा महरा लगायतको उपस्थिती रहेको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.