Powered by Blogger.
कार्यकर्ताको उपचार गर्न कांग्रेसको ५० हजार सहयोग



काठमाडौँ, ८ कात्तिक ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामो समयसम्म सेवा गरेका २ जना कर्मचारीको उपचारका लागि कांग्रेसले आर्थिक सहयोग गरेको छ । कांग्रेसको स्थापनादेखि ४ दशकभन्दा बढी समय कांग्रेस कार्यालयमा काम गरेका ८३ वर्षीय मोहन केसी र ७० वर्षीय सुरेश श्रेष्ठ (कान्छा दाई) लाई उपचारका लागि ५०÷५० हजार रुपैयाँ सहयोग गरिएको हो ।  केसीको रातोपुल र श्रेष्ठको बानेश्वरस्थित निवासमै पुगेर कांग्रेस केन्द्रीय सदस्य एवं सांसद धनराज गुरुङले ५०–५० हजार रुपैयाँ नगद हस्तान्तरण गरे ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले उनीहरुको उपचारका लागि जुटाएको रकम आफू हस्तान्तरण गरेको केन्द्रीय सदस्य धनराज गुरुङले बताए । ‘नेपाली कांग्रेसका लागि दशकौं खटिएका व्यक्तिको उपचारमा रकम अभाव हुनु दुखद हो । यद्यपि हामीले सबैलाई आग्रह गरेर जुटेको रकम उपलब्ध गराउँदै आएका छौं ।’, गुरुङले भने । उनले उपचारका लागि थप रकम संकलन गर्ने अभियान जारी राखेको जनाए ।


दुवै जनालाई दमको समस्या रहेको छ । केसी विगत ३ वर्षदेखि अक्सिजनको भरमा बाँचिरहेका छन् । श्रेष्ठलाई पनि दम र कुपोषणको समस्या रहेको छ । उपचार सहयोग बुझ्दै दुवै जनाले कांग्रेसका दुखीहरुलाई सहयोग गर्न पार्टीले नै संस्थागत पहल गरोस भन्ने चाहना रहेको बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.