Powered by Blogger.
गृह मन्त्रीमा बस्नेत

काठमाडौँ, १ कात्तिक ।

 एकीकृत नेकपा माओवादीले केपी ओली सरकारमा गृह मन्त्रालय जिम्मेवारी सम्हाल्न शक्ति बस्नेतलाई पठाएको छ । सशस्त्र जनयुद्धमा पश्चिम कमाण्ड सम्हालेका बस्नेत जाजरकोट १ बाट निर्वाचित सांसद हुन् ।

एमाओवादीको तर्फबाट टोपबहादुर रायमाझीले सरकारको नेतृत्व गर्ने भएका छन् । रायमाझी उपप्रधान एवं उर्जामन्त्री हुनेछन् । यस अघि रायमाझीको नाम पनि गृह मन्त्रीको चर्चामा रहेको थियो । यस्तै एमाओवादीबाट उमेश यादव सिचाइँ मन्त्री बन्ने भएका छन् । यादव सप्तरी ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यस्तै गिरिराजमणि पोखरेल शिक्षा, रेखा शर्मा सामान्य प्रशासन, अग्नि सापकोटा वन मन्त्री बन्ने भएका छन् भने सांसद गणेशमान पुन आपूर्ति मन्त्री बन्ने भएका छन् । एमाओवादीबाट हरिबोल गजुरेल यस अघि नै कृषिमन्त्री भइसकेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.