Powered by Blogger.
सरकारी मोटरसाईकलमा नीजि नम्वर प्लेट करमा ब्रम्हलुट


देउखुरी, १ कात्तिक । 


लमही नगरपालीका भएपछी सरकारी काम काजकालागी भन्दै दुई वटा मोटरसाईकल किनियो । एउटा होण्डा स्पिलिन्डर र अर्को होण्डा साईन । होण्डा स्पिलिन्डर सेतो नम्वर प्लेटको कार्यालयका लेखा अधिकृत चढ्दै आउनु भएको छ । त्यस्तै होण्डा साईन रातो नम्वर प्लेट रा ३ प १५३८ नगरपालीकाका कार्यकारी अधिकृत ललीत कुमार थापा चढ्दै आएका छन् ।

सकारकारी कार्यालयमा खरिद गरिएको मोटरसाईकलको दुईथरी नम्वर प्लेट कसरी भयो १ सेतो नम्वर प्लेट सरकारी र रातो नम्वर प्लेट निजि । सरकारी रकमले सरकारी कार्यालयका लागी खरिद गरेको मोटरसाईकलमा सेतो नम्वर प्लेट हुनुपर्ने हो तर, लमही नगरपालीकाका कार्यकारी अधिकृत ललीत कुमार थापाले आफुले चढ्ने मोटरसाईकलमा रातो नम्वर प्लेट हालेर चलाउदै आउनु भएको हो । किन सरकारी मोटरसाईकलमा निजि सवारी साधनको नम्वर प्लेट हाल्नु भएको भन्ने प्रश्नमा थापाको सहजै उत्तर छ ‘अफीस समय भन्दा वाहीर जानुपर्दा सजिलो हुन्छ, सरकारी नम्वर प्लेटको मोटरसाईकल चलाएर जहाँ कतै जान सहज हुदैन् ।’

सरकारी सम्पत्तिको दुरुपयोग गर्न सजिलोका लागी नगरपालीकाका अधिकृतले सेतो नम्वर प्लेटमा दर्ता गर्नुपर्ने सवारी साधनलाई रातो नम्वर प्लेटमा दर्ता गरेको भन्दै स्थानीय स्तरमा आवाज उठ्न थालेको छ । यातायात ब्यवस्था कार्यालय राप्तीले लमही नगरपालीकाको नाममा दुई वटा मोटरसाईकल दर्ता भएको वताएको छ । एउटा मोटरसाईकल सेतो नम्वर प्लेटमा र अर्को रातो नम्वर प्लेटमा दर्ता गरिएको छ ।

‘मोटरसाईकल नगरपालीकाकै नाममा दर्ता गरिएको छ’यातायात कार्यालय श्रोतले भन्यो–‘द्धन्द्धको समयमा गरिएको विशेष ब्यवस्थामा टेकेर सरकारी कार्यालयको सवारी साधनमा रातो नम्वर प्लेट९निजि०मा दर्ता गरिएको पाईयो ।’ नीजिमा दर्ता गर्दा वढी कर तिर्नुपर्ने हुन्छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.