Powered by Blogger.
यसकारण जाईलागे एसएसबीमाथि गाउँले

कैलाली, २७ असोज ।

भारतीय सुरक्षा बल (एसएसबी) ले नेपालीमाथि अभद्र व्यवहार, दुव्र्यवहार तथा कुटपिट गर्नु कुनै नौलो घटना होइन । भारत जाने तथा घर फर्किरहेका नेपालीहरूले यस्तो समस्या भोग्दै आएका छन् । विशेषगरी चाडबाडका बेला सीमावर्ती भारतीय बजारमा किन मेलाका लागि जाने एवं भारतका गल्लीहरूमा डण्डा बजारेर कमाएको दुई पैसा ल्याएर घर फर्किरहेका नेपाली बढी दुःख पाउँछन, कुटिन्छन पनि उनीहरू ।

कैलाली, भजनी–त्रिशक्ति नगरपालिका दुधुवामा २६ असोजमा नेपालीहरूलाई धम्की दिनुका साथै एसएसबीले दुव्र्यवहार भएको छ । सीमावर्ती भारतीय बजारबाट पेट्रोलियम पदार्थ लिएर आएको समूहलाई एसएसवीका जवानहरूले नेपाली भूमिमा पुगेर रोके । सीमा स्तम्भ निरीक्षण गर्न आएको भनिएका एसएबीहरूले ‘कहाँसे डिजेल ल्याए हो । ओ जगा दिखाओ किसने दिया’ भन्दै उनीहरूलाई भारत लग्न खोजे ।

एसएसबीको टोलीले उनीहरूलाई जवरजस्ती भारत लग्न खोजे । नेपालीलाई एसएबीले पक्राउ गरेको हुन सक्ने भन्दै गाउँलेहरू एसएसबीका प्रतिकारमा उत्रिए । एसएबीले हतियार देखाएपछि गाउँलेहरू जाइलागे धक्का पक्का गरे । डिजेल ल्याएर फर्कदै गरेका भजनी–त्रिशक्ति नगरपालिका–७ गोदामटोलका गोविन्द कडायतले पनि एसएबीका जवानलाई हातपात गरेका थिए । त्यसपछि एसएसबीको टोली भागेको थियो ।

सो घटना भएको स्थान थियो, भजनी–त्रिशक्ति नगरपालिका ३  दुधुवाफाटा  पिल्लर नम्बर ११५ पिल्लरदेखि करिव २ सय मिटर नेपाली भूमिमा  एसएबी रहेका थिए । नेपालमा पेट्रोलियम पदार्थको अभाव भइरहेका बेला यहाँका सीमाक्षेत्रका नेपालीहरूले यसैगरी भारतीय बजारबाट पेट्रोलिय पदार्थ ल्याउने गरेका छन । एसएसबीले अवैध सामग्री नियन्त्रण भन्दा पनि नेपालीहरूमाथि दुव्र्यहार गर्न नियतबस यस्तो काम गर्न खाजेको देखिन्छ ।

एसएबीले पनि अवैध रुपमा भारतीय बजारबाटै पेट्रोलिय पदार्थ निर्यात हुन नदिनु पर्ने । डिजेल ल्याएर आउँदै गरेकालाई भारतीय भूमिमा रोकेर किन बरामद गरेनन ? नेपाली भूमिबाट किन भारत लग्न खोजे ‘डिजल दिने मान्छे कोहो चिना’ भन्ने निहूमा । नेपाली भूमिमा अवैध रुपमा भित्रिएको सामग्री नेपाल प्रहरीले नियन्त्रण गर्नु पर्ने होइन र ?

घटना त्यतिकैमा सीमित रहने । आफूहरूमाथि आक्रमण भएको भन्दै एसएबीले पृथ्वीपुरस्थित सीमा प्रहरी चौकीलाई उजुरी दियो । सीमा प्रहरीले भजनीस्थित ईलाका प्रहरी कार्यालयका इञ्चार्ज, प्रहरी निरीक्षक भरत शाहलाई जानकारी गरायो । उनकै निर्देशनमा कडायत पक्राउ परेको स्थानीयको आरोप छ ।

डिजेल दिने मान्छे चिना भन्ने निहूँमा भारत लग्न खाजेको एसएबी त्यसमा असफल भएपनि नेपाल प्रहरीमार्फत आक्रमण गरेको अभियोगमा पक्राउ गर्न लगायो । भारतको हस्तक्षेपकारी भूमिकाप्रति आजित भएका र राष्ट्रियताबारे मुलुकमा सरगर्मी भइरहेका बेला भजनीबासीले एसएसबीको ज्यादती बन्द गरिनु  पर्ने माग गरे । त्यति मात्र होइन उनीहरुले ईप्रका इञ्चार्ज भरत शाह विरुद्ध पनि नाराबाजी गरेका थिए ।

सीमा प्रहरी चौकीको नियन्त्रणमा रहेका कडायतको रिहाइ्र्रको मागसहित आन्दोलन भएपछि स्थानीय राजनीतिक दल, प्रहरी र एसएसबीको संयुक्त रोहबरमा छोडिएको थियो । कठायतले माफि मागेका थिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.