Powered by Blogger.
कोरियामा अवैध नबस्न शाखाको आग्रह

काठमाडौँ, २७ असोज ।
 
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपिएस कोरिया शाखाले नेपाली कामदारलाई कोरियामा अवैध नबस्न आग्रह गरेको छ । कोरियामा रोजगारीको समयावधी भन्दा बढी समय अवैधानीक रुपमा बस्दा नेपालको छविमा आँच आउने, कोरिया जान तयार रहेका कामदार समयमा नै जान नपाउने र नेपालमा आउने कोटा घटने सम्भावना बढने भन्दै अवैध नबस्न आग्रह गरेको हो ।

पुनः रोजगारीका लागि कोरियामा गएका कामदार नवकामदार जस्तै चार वर्ष १० महिना कोरियामा बस्न पाउने, नव कामदारको तुलनामा आम्दानी बढी हुने बताइएको छ । राजधानीमा बुधबार अयोजित पत्रकार सम्मेलनमा शाखाका निर्देशक डिल्लीराम बास्तोलाले कोरियामा बसेर स्वदेश फर्केपछि पुनः कोरिया जानका लागि सिबिटी९कम्प्युटर बेस टेष्ट० परीक्षा तीन–तीन महिनाको अन्तरमा भएको जानकारी गराए ।

उनले भने,‘सिबिटी परीक्षामा ८० प्रतिशत भन्दा बढी छन्, सिबिटी परीक्षा उत्तिर्ण भएकाले कोरियामा राम्रो काम पाउने तलब सेवा सुविधा बढी पाउने गरेका छन्, जसले उनीहरुको आत्माबल बढने छ, तसर्थ अवैधानीक बस्नु भन्दा सिबिटी परीक्षा उत्तिर्ण गरेर कोरियाजाँदा फाईदा हुन्छ ।’कोरिया शाखाले लागु गरेको सिबिटी परीक्षाले गैरकानुनि रोक्न सहयोग गरेको शाखाले जनाएको छ ।

कोरियामा २०१३मा ३ दशमलव ७ र २०१५ मा ५ दशमलव ७ प्रतिशत रहेको थियो । ०१५ को जुलाईसम्म अवैध सख्या बढेर १७ दशमलव ७ प्रतिशत पुगेको शाखाले जनाएको छ । विस्तारै अवैध कामदार बढेका कारण समस्या बढेको शाखाले जनाएको छ । छैठौँ कोरिया भाषा परीक्षामा उत्तिर्ण भएका आठ हजार चार सय ९० कामदारको मंसिर पहिलो साता स्किल टेष्ट हुने भएको छ ।

शाखाले दिएको जानकारी अनुसार मंसिर तीन गतेदेखि पाँच गतेसम्म स्वास्थ्य परीक्षण र त्यसपछि १३ गते सम्म स्किल टेष्ट गरिने भएको छ । यसका लागि उपत्यका बाहिर पोखरामा पनि स्किल टेस्ट गरिने भएको छ ।
स्किल टेष्टमा ५० पुर्णङ्कको स्वास्थ्य परीक्षण, अन्तर्वार्ता सय अंक र पेशागत दक्षताको सय अंक सहित दुई सय ५० पुर्णङकको परीक्षा हुने गरेको छ । जसमा बढी अंक ल्याउनेलाई पहिलो प्राथमिकतामा राखिने शाखाले जनाएको छ ।

हालसम्म ३५ हजार भन्दा बढी नेपाली युवा रोजगारीका लागि कोरिया गएका छन भने ०१५ मा मात्र पाँच हजार तीन सय ५ जना कोरिया गईसकेका छन् । हाल नेपाल दोस्रो नम्बरमा रहेको छ । यस्तै कम्बोडिया पहिलो नम्बरमा रहेको छ । कम्बोडियाबाट सात हजार पाँच जना कोरिया पुगेका छन् भने तेस्रो स्थानमा रहेको इन्डोनेसियाले लगभग चार हजार कामदार पठाएको छ ।

नेपाली कामदार कोरियामा अवैध नबनेको खण्डमा केही वर्षमा नै नेपाल कोरियामा कामदार पठाउन पहिलो देश बन्ने शाखाका निर्देशक बास्तोलाले बताए । यसर्थ यस वर्ष नेपाल बढी कोटा पाउने देशमा दोस्रो स्थानका रहेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.