Powered by Blogger.
आपूर्ति समस्या समाधान गर्न कुटनीतिक प्रयास सुरु भईसक्योः उपप्रधानमन्त्री थापा

काठमाडौँ, २६ असोज ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग देखिएको पारवहन तथा आवागमनमा देखिएको समस्या समाधान गर्न कुटनीतिक प्रयास सुरु भईसकेको बताएका छन ।

राजधानीमा आयोजीत साक्षात्कारमा थापाले भने,‘पारवहन असहजताले नेपाली जनताले दुख पाईरहेका छन । यो समस्याको समाधान सरकारको पहिलो प्राथमिकता हो । दशैमा जनताले राहत महसुस गर्ने गर्ने उद्देश्यकका साथ  काम थालिसकेको छ । केही दिनमै जनताले राहतको अनुभव गर्छन ।’

थापाले अहिलेको समस्यालाई तीन ढंगबाट समाधान गर्न सरकार लागि परेको जानकारी दिदै भने,‘पहिलो राजनीतिक समस्याको रुपमा रहेको मधेस आन्दोलनलाई बार्ता र संबादको माध्यमबाट समाधान गर्नु पर्छ । यसकालागि पहिलो मन्त्री परिषदको बैठकले आब्हान गरिसकेको छ ।

हामी घनिभुत ढंगबाट बार्ता संबादलाई अघि बढाउँछौ । दोस्रो पारवहन तथा आवागमनमा देखिएको असहजता राजनीतिक समस्या समाधान र भारतसँग कुटनीतिक संवादाट कुरा गर्ने पहल भईरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्तीलाई बधाई दिदा भनेको कुराको आधारमा कुटनीतिक प्रयास हुन्छ ।

 तेस्रो दैनिक उपभोग्य बस्तु आपूर्ति समस्या समाधानको लागि मौज्दातमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन समस्या समाधान गर्न पहल सुरु भईसकेको छ ।’ नेपालको असंलग्नता, पञ्चशिल र संयूक्त राष्ट्र संघको बडापत्रमा आधारित पराष्ट्र नीतिलाई प्रो एक्टिब र प्राग्मेटिक ढंगले अगाडि बढाउने भन्दै चीन र भारतसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने दृढता ब्यक्त गरे ।

थापाले भने,‘दुई छिमेकीसँगको सम्बन्धलाई अझै सुदृढ गराएर नयाँ उचाईमा पुर्याउँछौ अब आर्थिक कुटनीतिक उच्च प्राथमिकताका साथ अगाडि बढाउँछौ ।’ कुटनीतिक आचार संहिता कार्यान्वयनमा उनले नेपालमा कुटनीतिक मर्यादाले सीमा नाघिसकेको भन्दै त्यसमा सुधार गर्न ध्यान दिने बताए ।

 प्रधानमन्त्री स्वयमले अघोषित नाकाबन्दी भन्दा परराष्ट्रमन्त्रीले अर्कै शब्द बोलेको विषयमा राखेको जिज्ञासामा उनले जनताले जे रुपमा बुझ्छन त्यही शब्दमा जस्ले जे भने पनि हुने तर्क गरे ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.