Powered by Blogger.
हत्यारलाई बचाउन प्रहरी र डाक्टरको संलग्न रहेको आरोप

काठमाडौँ, २६ असोज ।

 गत १७ असोजमा ललितपुरको ठूला दुर्लुङ्ग गाविस ८ मा बारीमा पासो लगाएको अवस्थामा मृत भेटिएकी सरिता तिमिल्सिनाको हत्यालाई आत्महत्या बनाउने षडयन्त्र भईरहेको मृतकका माईती पक्षले दावी गरेका छन ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पीडित पक्षले पत्रकार सम्मेलन गरेर ५ दशमलब ४ ईन्च हाईटकी तिमल्सिना ५ दशमलब २ ईन्च अग्लो रुखमा झुण्डिएको अवस्थामा फेला परेको, शरिरभरी यातनाका चिन्हहरु भएको र मृतको घाटिमा दुई वटा डाम रहेको अवस्थाले मृतकले आत्महत्या गरेको नभई हत्या गरेर झुण्डाईएको प्रमाणित हुने दावी गरे ।

मृतकको शबलाई हेरेर तत्कालै स्थानीय प्रहरीले हत्या भएको भन्दै मृतकका ससुरा कृष्णप्रसाद घिमिरे र श्रीमान उपेन्द्र घिमिरेलाई हथकडी लगाएर चापागाँउ प्रहरी पुर्याएका थिए । शबलाई पनि पोष्टमार्टमकालागि पाटन अस्पताल पुर्याईएकोमा प्रहरीले आफू अनुकुलका चिकित्सक नभएका कारण त्यहाँ नगराई टिचिङ्ग अस्पतालमा पुर्याएर पोष्टमार्टम गराएर हत्यालाई आत्महत्या बनाएको मृतकका दाई विश्वराम तिमल्सिनाले आरोप लगाए ।

उनले टिचिङ्गका डा. हरिहर वस्तीले आत्महत्या भएको भन्दै शरिर भरी आगोले डामेर दिएको यातनालाई समेत घामको एलर्जि भनेर रिपोर्ट दिएको र प्रहरीले पनि आफूहरुको किटानी जाहेरी लिन नमान्दा आफूहरु अन्यायमा परेको गुनासो गरे ।

मृतकका पीता भिमप्रसाद तिमल्सिनाले घटनाको निष्पक्ष छानविन गरेर दोषीमाथि कारवाही गरेर आफूहरुलाई न्याय दिलाउन अनुरोध गरे । गत चैत्रमा घिमिरेसँग प्रेम विवाह गरेकी मृतकको  ५ महिनाको गर्भ रहेको उनीहरुको भनाई छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.