Powered by Blogger.
इन्धन नपाएसम्म बजारमा पानी पुर्याउन सक्दैनौ : संघ



काठमाडौँ, २६ असोज ।
नेपाल बोटल वाटर उद्योग संघले आफूहरु बजारमा पानी पुर्याउन असमर्थ भएको बताए । राजधानीमा पत्रकार सम्मेलन गर्दैै संघले प्रशस्त मात्रामा पानीको उत्पादन भइरहेपनि इन्धन अभावका कारण बजारमा पुर्याउन नसकिने जानकारी गराएको हो ।

पानी लिन उद्योगमै जानेलाई विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिन तयार रहेको तर सरकारले इन्धन सहज रुपमा उपलब्ध नगराएसम्म बजारमा पानी पुर्याउन नसकिने संघले जनाएको छ । उद्योगमा नै आएर पानी खरिद गर्नेलाई उद्योगकै मूल्यमा पानी दिइने संघले जानकारी गराएको छ ।

विगत केहि दिन देखि भारतले गरेको अघोषित नाकावन्दिका कारण हाल बजारमा देखिएको इन्धन अभावका कारण ६० प्रतिशत आपूर्ति घटेको जानकारी गराउँदै संघका महासचिव मधु घोरासैनीले भने, ‘पानी उद्योगहरुसंग रहेको इन्धनको मौज्दात सकिँदै गएको र सरकारले पनि यसप्रति चासो नदेखाएकाले हामीहरुवाट उत्पादित प्रशोधित पिउने पानी उपभोक्तासम्म पु¥याउन असमर्थ छौँ ।’ बजारमा इन्धन नपाएपछि निगमसँग सहयोग माग्न जाँदा निगमले समेत सहयोगका लागि इन्कार गरेको महासचिव घोरासैनीले बताए ।

 हाल काठमाण्डौमा शुद्ध पिउने पानी आपुर्तिको ७५ प्रतिशत देखि ८० प्रतिशत निजि पानी उद्योगहरुले उपभोक्तामा आपुर्ति गरी रहेकोमा मंगलबारदेखि नै आपुर्ति ठप्प हुने घोरासैनीले बताए । साथै, उनले यस समस्यालाई प्राथमिकताका साथ समाधान गर्न र प्रशोधित पानी उद्योगहरुलाई सहज रुपमा इन्धन उपलब्ध गराइदिन सम्बन्धित पक्षलदाई आग्रह समेत गरे ।

कतिपय स्थानमा प्रहरी÷ट्रफिक प्रशासनले पानी वोक्ने सवारी साधनहरुलाई पहिलो प्राथमिकतामा राखी इन्धन भर्न सहज वातावरण बनाई सहयोग गरेकोमा बोटल वाटर उद्योग संघले आभार प्रकट गरेको छ भने सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा याचना समेत गरेको छ । निगमसँग मौज्दात कम भएको र भएको मौज्दातको पनि व्यवस्थित वितरण हुन नसक्दा खानेपानी जस्तो संवेदनशील क्षेत्र समेत प्रभावित भएको संघको आरोप छ ।

‘इन्धन समस्या राष्ट्रिय समस्या भएकोले यस अवस्थामा जे जस्तो परिमाणमा इन्धन उपलव्ध भए पनि पानी जस्तो अति नै संवेदनशिल र अति नै आवश्यक वस्तु जनताले सहजै पाउनु पर्ने उनीहरुको भनाई छ । पानीको ढुवानीलाई सहज बनाउन नेपाल आयल निगम लगाएत सरोकार राख्ने सम्पुर्ण सरोकारवाला निकायहरुलाई इन्धन सहज र सरल रुपमा उपलब्ध गराउन आग्रह गरेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.