Powered by Blogger.
भारतको प्रभावमा अवको नेतृत्व : बिजुक्छें



काठमाडौँ, २५ असोज ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतले नयाँ चाल चल्दै बामपन्थीलाई पनि आफ्नो प्रभावमा पार्न लागेको बताए ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले भारतले नेपाली काँग्रेस र मधेशी दल आफ्नो पकेटको भएकाले बामपन्थीलाई पनि आफ्नो प्रभावमा पार्न नयाँ कुटनीति अबलम्बन गरेको हुन सक्ने भन्दै शुसिल कोइराला नेतृत्व सरकारका पालोमा नाकाबन्दी लगाउँदा भारतको कुनै प्रतिक्रिया नआएको बताए । उनले ओली प्रधानमन्त्री बन्ना साथ दिएको बधाई र इन्धन लिन गरिएको आग्रह भारतको नयाँ चाल हुन सक्ने बताए ।

नेपाल र नेपालीका समस्या बुझेर बिस्तारै संविधान संसोधन गर्न सकिने भएता पनि भारतको दबाबमा आएर तत्कालै संबिधान संसोधन गरे त्यसले देशमा अस्थितरता बढ्ने भन्दै उनले तत्कालै संविधान संसोधन देशका लागि घातक सावित हुने बताए ।

उत्तर तर्फको छिमेकीले नेपाललाई चाहिने इन्धन आपुर्तीका लागि सहज मार्ग खोल्न सक्ने भएता पनि नेपाल सरकारले कुनै लिखित रुपमा प्रस्तुत र ब्यापार बिस्तार नगरेकाले इन्धन समस्या बढेको उनको भनाई थियो ।
ग्लोबल टेन्डर आह्रवान गरेर राम्रो गरेको हल्ला चलाउँदै देशलाई दिर्घकालिन समस्यामा धकेलेको भन्दै ग्लोबल टेन्डरका बारे विगतमै भारतले चाल चलेता पनि त्यो सफल नभएको धारणा राखे ।

ग्लोबल टेन्डरका बारे भारतले सफलता हासिल गर्न नसकेको अवस्थालाई हालको नाकाबन्दीले सफलता दिएको र यसले इन्धन आह्वानमा अव नीजिकरण हुने र भारतको बिरुद्ध कोहि जान नसक्ने उनको टिप्पणी थियो । हालको नाकाबन्दी जस्तो भारतका कम्पनीको हातमा ग्लोबल टेन्डर परे जती बेला पनि उनीहरुले इन्धन आपुर्ती बन्द गर्ने सक्ने उनको दाबी छ ।

फास्ट ट्रयाक नेपालीको हितमा रहेता पनि यसले दुबै छिमेकीको स्वार्थलाई परिपुर्ती गर्न सक्ने तर निमार्णका सवालमा अरवौं रकमको हिनामिना गर्ने नियताका साथ आएको भन्दै देशको हितलाइ मध्येनजर गरेर मात्र निर्माण गर्नु पर्नेमा जोड दिए । तराई आन्दोलन त्यस क्षेत्रका कामदार जनताको लागि भन्दा पनि तस्कर भारतिय दलालहरुका लागि गरिएको भन्दै त्यस क्षेत्रका किसान कामदार वर्गका बारे आन्दोलनको नेतृत्वले कुनै आवाज नउठाएको उनको आरोप थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.